Fast Nepal News

विश्व किर्तिमानी गितकार डा.डिआर थप १९ वटा विश्व रेकर्ड राख्दै

banner single news

यसअघि गीत सङ्गीतका क्षेत्रबााट ३२ गिनिज बुकसहित विभिन्न ३२ वल्र्ड रेकर्ड राख्न सफल गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले थप विश्व रकेर्ड सार्वजनिक गर्नुहुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उहाँँले थप १९ विश्व रेकर्ड सार्वजनिक गर्न लागेको जानकारी गराउनु भएको हो ।

उहाँले फेरि गिनिज अफ वल्र्ड रेकर्डसहित अमेरिकन बुक रेकर्ड, बृटिस रेकर्डसहित थुप्रै विभिन्न १९ वटा वल्र्ड रेकर्ड राख्न लागेको सार्वजनिक गर्नुभएको हो । नयाँ वर्षको अबसर पारेर वैशाख ६ गते काठमाडौंको रशियन कल्चरल सेन्टरमा एक कार्यमाझ उहाँले थप १९ वटा विश्व रेकर्ड ग्रहण तथा सार्वजनिक गर्दै हुनुहुन्छ । यो १९ सँगै अव उहाँका विभिन्न विधामा ५१ विश्व रेकर्ड कायम हुने भएको छ ।

आफूले विश्व रेकर्डमा नेपाल पनि गीतसङ्गीत र साहित्यमा कम छैन भनेर देशको खातिर गीत सङ्गीतबाट सबैभन्दा बढी विधामा वल्र्ड रेकर्ड बनाउन लागेको डा. उपाध्यायले बताउनुभयो । विश्वमा नै साय गीतसङ्गीतका क्षेत्रबाट ५१ वटा विश्व रेकर्ड एकै व्यक्तिको नाममा हालसम्म छैन ।

यसपटक गीतकार उपाध्यायले विश्वकै छोटो गीत, विश्वकै सबैभन्दा लामो गीत, विश्वका सबै देशका मुद्राहरू समेटेर तयार गरिएको गीत, विश्वका सबैभन्दा धेरै पर्यटकीय स्थलको नाम समेटेर तयार गरिएको गीत, सबैभन्दा बढी फूलहरुको नाम समेटेर तयार गरिएको गीत, सबै भन्दा बढी पटक आमा शब्द प्रयोग गरिएको गीत जस्ता विभिन्न १९ विधामा फरक फरक १९ वटा वल्र्ड रेकर्ड राख्न लाग्नुभएको हो ।

Inside Article Ads

डा. उपाध्यायलाई यो विश्व रेकर्डका लागि सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक तथा सङ्गीतकार सागर अधिकारी ‘सरद’ले सघाउँदै हुनुहुन्छ । आफ्रले डा. उपाध्यायको विभिन्न कीर्तिमानी गीतमा यसपटक सङ्गीत गरेको सङ्गीतकार सागरले पत्रकार भेटघाटका क्रममा जानकारी गराउनुभयो । जसका लागि आफू ६ महिनाबाट यही अभियानमा व्यस्त रहेको पनि उहाँले बताउनुभयो ।

यस्तै अर्का सङ्गीतकार सन्तोष श्रेष्ठले अबको १९ वटा कीर्तिमानी मध्ये सात वटा विश्व कीर्तिमानी गीतमा आफ्नो सङ्गीत रहेको जानकारी गराउनुभयो । डा. उपाध्यायको यो कीर्तिमानी नेपालको लागि गौरवको कुरा भएको र विश्वकै लागि एउटा अनौठो कीर्तिमानी भएको पनि उहाँले बताउनुभयो ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.