Fast Nepal News

अजोड इन्स्योरेन्सको हकप्रद निष्कासन रोक्ने बीमा समितिको तयारी

banner single news

काठमाडौं – चैत २४

काठमाडौं, बीमा समितिले अजोड इन्स्योरेन्सको प्रस्तावित हकप्रद निष्कासनमा रोक लगाउने तयारी गरेको छ । कम्पनीको सञ्चालक समितिले गतहप्ता हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

सो प्रस्ताव आगामी वैशाख ७ गते आह्वान गरिएको कम्पनीको वार्षिक साधारणसभामा पेश हुँदै छ । तर, समितिले कम्पनीको उक्त हकप्रदको निष्कासनमा रोक लगाउने तयारी गरेको छ ।

अजोड कम्पनी सञ्चालनमा आएको ३ वर्ष मात्र भएको छ । कम्पनीले हालसम्म शेयरधनीहरूलाई लाभांश पनि दिएको छैन । त्यसमाथि सर्वसाधारण शेयर ९आईपीओ० निष्कासन गरेको पनि वर्ष दिन भएको छैन । यस अवस्थामा कम्पनीलाई हकप्रद शेयर जारी गर्न दिन उचित नहुने बीमा समितिका अध्ययक्ष सूर्यप्रसाद सिलवालले बताए । कम्पनीको हकप्रद निष्कासन प्रक्रिया रोक्ने गरी आधिकारिक निर्णय गरिने उनको भनाइ छ ।

‘कम्पनी सञ्चालनमा आएको भर्खर ३ वर्ष भएको छ । शेयरधनीलाई लाभांश दिएको पनि छैन । यो अवस्थामा कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिन सकिँदैन,’ उनले भने, ‘कम्पनीको तोकिएको पूँजी पुगिसकेको छ । बोनस शेयरमार्फत थप पूँजी बढाउँछ भने ठीक छ । तर, हकप्रदमार्फत पूँजी बढाउन दिन सकिँदैन ।’

Inside Article Ads

अहिले कम्पनी पूँजी बढाउनभन्दा पनि शेयरधनीलाई उचित लाभांश दिने, बीमा सेवा प्रभावकारी बनाउने तथा व्यवसाय वृद्धि गर्ने विषयमा केन्द्रित हुनुपर्ने समितिको भनाइ छ ।

‘कम्पनीले नगद लाभांश बोनस शेयर जारी गर्छ भने ठीक छ, हकप्रद शेयर नै किन जारी गर्नुपर्‍यो रु,’ आर्थिक अभियानसँग अध्यक्ष सिलवालले भने ।

कम्पनीको यो प्रस्ताव साधारणसभाको सूचनामा उल्लेख छ । तर, यससम्बन्धी जानकारी बीमा समितिमा आधिकारिक रूपमा पुगेको छैन । साधारणसभाले यो प्रस्ताव पारित गरेपछि कम्पनीले बीमा समितिमा स्वीकृतिका लागि आवेदन दिनुपर्नेछ । कम्पनीले समितिमा आधिकारिक रूपमा जानकारी दिएपछि समितिले यस सम्बन्धमा निर्णय गर्ने छ । अध्यक्ष सिलवाले पनि हालसम्म यस सम्बन्धमा समितिमा कुनै जानकारी नआएको बताए ।

यस विषयले कम्पनीको शेयर मूल्यमा परेको प्रभावका समितिको ध्यानाकर्षण भएको उनको भनाइ छ । ‘कम्पनीले शेयर मूल्य बढाउन पनि यस्तो खेल खेलेको हुन सक्छ । तर, कम्पनीको काम शेयर मूल्य बढाउनेतिर होइन,’ उनले भने । बीमा समितिले नयाँ कम्पनीहरूलाई हकप्रद शेयर निष्कासन गर्न नदिने नीति बनाउन लागेको हो । आर्थिक अभियान दैनिकबाट

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.