
सुमित्रा भुजेल
लमजुङमा बाघको छाला तथा हाडसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । दोर्दी गाउँपालिका वडा नं. ६ सिमि का ३४ वर्षीय युवा मनराज गुरुङलाई छाला तथा हड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।
उहाँले भन्नुभयो, बाघ मारेर बाघको छाला तथा हड्डी तस्कर गर्दै आएको छ भन्ने, विषेश सूचनाका आधारमा प्रहरी नै केही हप्ताअघि देखि ग्राहक बनेर ती युवालाई पक्राउ गर्न प्रहरी सफल भयौँ । ती युवालाई सोमबार राति घरमै रहेको अवस्थामा पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ । पक्राउ गरी गुरुङलाई आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि आज डिभिजन बन कार्यालयमा पठाइएको प्रहरी निरीक्षक पुनको भनाई छ । डिभिजन बन कार्यालयका अनुसार सो घटना सम्बन्धि अनुसन्धान भइरहेको र दोषी ठहर भएमा कानुनी कारबाही हुनेछ ।
