Fast Nepal News

तीन वटा नागरिकता भएका व्यक्ति सिआइबीको फन्दामा

banner single news

काठमाडौं – चैत ४

काठमाडौ, तीन वटा नागरिकता बनाई दुरुपयोग गरेको अभियोगमा काठमाडौं महानगरपालिका–४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बाग्लुङ गलकोट नगरपालिका–२ घर भएका कमल थापा, कमल सुनुवार भन्ने ३७ वर्षीय कमल सुनारलाई काठमाडौं महानगरपालिका–४ सुकेधाराबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कोमा कमल थापा नाम राखी दुई वटा नागरिकता जारी गराई कमल थापाको नामबाट विभिन्न सरकारी निकायहरूमा पेश गरी दुरूपयोग गरी सेवा समेत लिएको तथा पुनः काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०७४ माघ २४ गते कमल सुनुवारको नाममा नागरिकता जारी भएको अनुसन्धानको क्रममा खुल्न आएपश्चात प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Inside Article Ads

साथै उनको साथबाट जिल्ला प्रशासन कार्यालयको वाग्लुङवाट जारी भएको कमल सुनार नामको ना.प्र.नं. ३८४२÷३७८ को सक्कल नागरिकताको प्रमाणपत्र १ थान, कमल सुनुवारको नामको ना.प्र.नं. २७–०१–७४–१४२५२ को जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको सक्कल नागरिकताको प्रमाणपत्र १ थान, कमल सुनुवारको राहदानी नम्बर १०७७१८०४ को सक्कल राहदानी १ थान, १ थान मोबाइल, कमल सुनुवारको नामको जन्म दर्ताको सक्कल प्रमाणपत्र १ थान, काठमाडौं महानगरपालिका कार्यालयबाट जारी भएको कमल सुनुवार समेतको नाता प्रमाणितको सक्कल प्रमाणपत्र १ थान, काठमाडौं महानगरपालिका कार्यालयबाट जारी कमल सुनुवार समेतको भएको रिलेसन सर्टिफिकेट सक्कल प्रमाण पत्र १ थान लगायत विभिन्न कागजातहरु समेत प्रहरीले बरामद गरेको छ । यो प्रकरणमा जिल्ला प्रशासनका कर्मचारीहरु समेत छानबिनमा तानिएको प्रहरी स्रोत बताउँछ । दृष्टिबाट

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.