Fast Nepal News

घूस रकम फालेर पालिका अध्यक्ष फरार

banner single news

काठमाडौं – फागुन १९

काठमाडौं, भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उक्त रकम छोडेर भागेका छन् ।

सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत पैसा बाटोमा छोडेर भागेपछि अख्तियारको टोलीले गाडी चालक वीरबहादुर मगरलाई गाडीसहित नियन्त्रणमा लिएको छ ।घूस रकम लिएर भाग्दै गरेको प्र २–०२–००१ झ ०००२ नम्बरको स्कोर्पियो गाडीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग २ नम्बर प्रदेश कार्यालयका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । अख्तियारले पिछा गरेको थाहा पाएपछि अध्यक्ष क्षेत्रीले घूस बापत लिएको रकम छिरेश्वर नगरपालिका–५ को बाटोमा छोडेर भागेको पनि आयोगले जनाएको छ ।

Inside Article Ads

घूस रकमसहित पक्राउ गर्न गएको अख्तियारको टोलीले प्रहरीलाई खबर गरे पनि अध्यक्ष क्षेत्री भने अझै फरार रहेका छन् ।स्थानीयले अध्यक्ष क्षेत्रीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.