Fast Nepal News

ग्लोबल अनलाईन पे ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर’ अवार्ड बाट सम्मानित

banner single news

 

काठमाडौँ — फाल्गुन १६, २०७७।

ग्लोबल अनलाईन पे ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर २०२०’ बाट सम्मानित भएको छ । ड्रीम सर्च एजेन्सीद्वारा आयोजित फेशन फेयर अवार्डमा उत्कृष्ट भोटिङ सर्भिस प्रदायक बन्दै बेस्ट भोटिङ कम्पनी अफ द ईयर २०२० बाट ग्लोबल अनलाईन पे सम्मानित भएको हो ।

Inside Article Ads

नेपालभर संचालित विभिन्न रियालिटि शो, ब्युटी पेजेन्ट, अवार्ड शो लगायतका उत्कृ्ष्ट ईभेन्टहरुमा भोटिङ सर्भिस प्रदायकको रुपमा सर्वोत्कृष्ट भोटिङ सर्भिस प्रदायक कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल भएकाले ग्लोबल अनलाईन पे का प्रमुख डेविल सिंह राजपुतलाई उक्त पुरस्कार प्रदान गरिएको ड्रीम सर्च एजेन्सीका कार्यकारी प्रमुख कमल निकोन क्षेत्रीले जनाएका छन।

उक्त अवसरमा राजपुतले संचालनमा आएको छोटो समयमा नै प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु ग्लोबल अनलाईन पेका लागि गौरवको विषय भएको र यसबाट ग्लोबल अनलाईन पेलाई भोटिङ सर्भिसको बृहत्तर हितमा काम गर्न अझै प्रेरणा मिलेको बताएका छन् । सो अवसरमा उनले ग्लोबल अनलाईन पे देशकै पहिलो राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट डिजिटल अनलाईन भोटिङ सर्भिस प्रदायक भएकाले नेपालमा आधुनिक डिजिटल अनलाईन भोटिङ प्रणालीका निम्ति कम्पनीले ठूलो योगदान गरेको दाबी समेत गरे ।

Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.