Fast Nepal News

युगान्तकारी सन्देश भन्दै बुद्धिजीवीहरुले गरे फैसलाको स्वागत

banner single news

१२ फागुन, काठमाडौँ । बुद्धिजीवी पेशाकर्मीहरुले प्रतिनिधिसभा पुर्नस्थापनाको स्वागत गरेका छन् । फागुन १२ गते संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्ण केसीले विज्ञप्ति जारी गर्दै सर्वोच्चको निर्णयको स्वागत गरेका हुन ।उक्त फैसलालाई नेपालको राजनैतिक इतिहासमा एउटा युगान्तकारी सन्देश भन्दै उनीहरुले न्यायालयको गरिमा र विश्वास बढेको टिप्पणी समेत गरेका छन् । संगठनले संसद विघटनलाई प्रतिगमनको संज्ञा दिदै सो निर्णयको विरुद्धमा आन्दोलनमा सक्रिय रुपले लागेको थियो ।

नेपाल बुद्धिजीवी संगठनबाट जारी विज्ञप्तिको सारसंक्षेप

मिति : फागुन १२, २०७७

प्रेस विज्ञप्ति

Inside Article Ads

प्रतिनिधिसभा पुनस्र्थापना सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले २०७७ फाल्गुण ११ गते गरेको फैसलाको नेपाल वुद्धिजीवी संगठन हार्दिक स्वागत गर्दछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मार्फत प्रधानमन्त्री बन्नु भएका केपी शर्मा ओलीले पदलाई दुरुपयोग गर्दै प्रतिनिधिसभा विघटनमार्फत गर्नुभएको प्रतिगमनलाई पूर्णत अस्विकार गर्दै सर्वाेच्चले संविधानभन्दा माथी कोहि रहन नसक्ने नजीर बनाएको ठहर हाम्रो संगठनले गरेको छ । यो फैसला नेपालको राजनैतिक इतिहाँसमा एउटा युगान्तकारी सन्देशको रुपमा रहेको र न्यायालयको गरीमा र विश्वासलाई सर्वाेच्चको यो निर्णयले अझै बढाएको अनुभूति पनि संगठनले गरेको छ । प्रतिगमन विरुद्धको आन्दोलनको क्रममा संगठनको तर्फबाट बिभिन्न विरोध प्रदर्शनमा सक्रिय सहभागिता जनाउनु भएका, प्रतिगमनका विरुद्ध बृहत राजनीतिक तथा संवैधानिक अन्तरक्रिया एवम् पेशाकर्मी बुद्धिजीवीहरुको ऐक्यबद्धतासहित आन्दोलनमा जुटनु भएका तमाम बुद्धिजीवी र पेशाकर्मीहरुप्रति आभार ब्यक्त गर्दै संगठनले आयोजना गर्ने आगामी कार्यक्रममा सक्रिय सहभागिता जनाउन पनि यसै विज्ञप्तिमार्फत अनुरोध गर्दछौ ।

डा.दिनेशचन्द्र देवकोटा- संयोजक

कृष्ण केसी – सहसंयोजक

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.