Fast Nepal News

भारतबाट १० लाख डोज खोप नेपाल आउँदै

banner single news

कोरना भाइरस कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज आइतबार काठमाडौं आइपुग्ने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत उक्त खोप १० लाख डोज खोप काठमाडौँ आउने जानकारी दिए। उनका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन थालेको हो।

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड १९को खोप आएको थियो। अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ। मन्त्रालयका सहप्रवक्ता डा। अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ।

Inside Article Ads

उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ। खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए। उनले सम्झौताअनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने जानकारी दिए।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.