Fast Nepal News

नेकपा नेपाल–दाहाल समूहले भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न माग

banner single news

नेकपा नेपाल–दाहाल समूहले बैतडीको चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ। अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले शनिबार विज्ञप्ति जारी गर्दै घटनाले आफूहरूलाई स्तब्ध बनाएको बताएका छन्। ‘विद्यालयबाट घर फर्किंदै गरेको बेला वर्ष १७ की किशोरी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गर्दछौं,’ उनीहरूद्वारा जारी विज्ञप्तिमा छ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीहरू पक्राउ नपर्दै भएको बैतडीको यो घटनाले आम नागरिकलाई शान्तिसुरक्षा दिन राज्य संयन्त्र असफल भएको प्रमाणित भएको सो समूहले बताएको छ। अध्यक्षद्वयले भनेका छन्, ‘विगतमा निर्मला पन्तको अनुसन्धानमा जस्तो यो घटनामा गैरजिम्मेवार नबन्न सरकारससँग आग्रह गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौं।’

Inside Article Ads

माघ २२ गते विद्यालयबाट घर फर्किंदै गरेको बेला १७ वर्षीया भट्टको बलात्कारपछि हत्या भएको थियो। सो घटनापछि नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोको टोली अनुसन्धानका लागि पठाएको छ। सो घटनापछि मुलुकका विभिन्न भागमा हत्याको विरोधमा प्रदर्शनहरू भएका छन्।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.