Fast Nepal News

चार आर्थिक बर्षमा १ सय १४ विद्यालय भवन पुनःनिर्माण

banner single news

 सुमित्रा भुजेल

माघ २३ । लमजुङ लमजुङमा चार आर्थिक बर्षको अवधीमा १ सय १४ वटा विद्यालय भवन पुनःनिर्माण भएको छ । आर्थिक बर्ष २०७३-०७४ देखि २०७६-०७७ सम्म उक्त संख्यामा विद्यालय भवन पुनःनिमाण भएको हो ।

भूकम्पले पूर्ण क्षति बनाएको विद्यालयको भवन पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा) लमजुङले जनाएको छ । कार्यालयका प्रमुख अशोक पराजुलीका अनुसार २ सय ६८ विद्यालय भवन पुनःनिर्माण कार्यक्रम मध्ये १ सय १४ वटाको काम सकिएको हो ।

१ सय ५४ वटा विद्यालय भवन पुनःनिर्माण कार्यक्रम भइरहेको छ । लमजुङमा भूकम्पले प्रभावित भएका १ सय २७ विद्यालय प्रभावित भएको थियो । कार्यालयका अनुसार आर्थिक बर्ष २०७३-०७४ मा ८ वटा विद्यालय भवन पुनःनिर्माण भएको छ ।

२ कोठे विद्यालय भवन पुनःनिर्माण कार्यक्रम तीन वटा रहेकोमा तीन वटै भवनको काम सकिएको छ । ३ कोठे विद्यालय भवन पुनःनिर्माणको कार्यक्रम ३ वटा रहेकोमा ३ वटै सकिएको छ । ४ कोठे वद्यालय भवन पुनःनिर्माण कार्यक्रम २ वटा रहेकोमा २ वटा नै कार्यक्रम सकिएको छ ।

आर्थिक बर्ष २०७४-०७५ मा ८ वटा विद्यालय भवन पुनःनिर्माण भएको छ । २ कोठे विद्यालय भवन ३ वटा, ३ कोठे ३ वटा, ४ कोठे २ वटा विद्यालय भवन पुनःनिर्माण भएको छ । यस्तै आर्थिक बर्ष २०७५-०७६ मा ९८ वटा विद्यालय भवन पुनःनिर्माण भएको छ ।

Inside Article Ads

प्रमुख पराजुलीका अनुसार २ कोठे २६ वटा कार्यक्रम रहेकोमा २५ वटा भवन निर्माण सकिएको छ । एउटा निर्माणधीन अवस्थामा छ । ३ कोठे विद्यालय भवन ८ वटा रहेकोमा सबै सकिएको छ । ४ कोठे विद्यालय भवन पुनःनिर्माण कार्यक्रम ३४ वटा रहेकोमा ३३ वटाको काम सकिएको छ ।

एउटा निर्माणधीन अवस्थामा छ । शौचालय पुनःनिार्माण ३० वटा कार्यक्रम रहेकोमा ३० वटाकै काम सकिएको छ । आर्थिक बर्ष २०७६-०७७ मा २ कोठे विद्यालय भवन पुनःनिर्माण कार्यक्रम २० वटा रहेकोमा निर्माणधीन अवस्थामा छ ।३ कोठे विद्यालय भवन पुनःनिर्माण कार्यक्रम ६ वटा रहेकोमा निर्माणधीन अवस्थामा छ ।

४ कोठे विद्यालय भवन पुनःनिर्माण कार्यक्रम ५३ वटा रहेकोमा निर्माणधीन अवस्थामा रहेको जनाएको छ । शौचालय पुनःनिर्माण ३९ वटा रहेकोमा २ वटाको काम सकिएको छ । ३७ वटाको काम भइरहेको छ । खानेपानीको योजना पुनःनिर्माण कार्यक्रम ३७ वटा रहेकोमा ३७ वटै निर्माणधीन अवस्थामा छ ।

यि सबै काम विद्यालय व्यवस्थापन समितिमार्फत भएकोक हो । विद्यालय व्यवस्थापन समितिमार्फत् विद्यालय भवन पुनःनिर्माणका लागि ९६ करोड रुपियाँ बजेट रहेकोमा ६० करोड खर्च भएको जनाएको छ । साउदी अरेविया दुताबासबाट विद्यालय पुनःनिर्माणका लागि १२ करोड ६७ लाख रुपियाँ रहेकोमा काम भइरहेको छ । लमजुङ जिल्लामा जम्मा सामुदायिक विद्यालय ३ सय ५२ रहेका छन् ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.