Fast Nepal News

प्रचण्ड -माधव समुहले भोलि बिहिवार देशव्यापी आम हड्ताल गर्दै

banner single news

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले भोलि बिहीबार देशव्यापी आम हड्ताल गर्ने भएको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने तयारी गरेको हो । यसैका लागि दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको सचिवालयका एक नेताले बताए ।

संसदीय सुनुवाइ बिना नै विभिन्न संवैधानिक निकायमा ३२ जना पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड-माधव पक्ष थप आक्रोशित बनेको हो । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।

Inside Article Ads

यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.