Fast Nepal News

आगोले जलेर खोटाङमा ७ वर्षीय बालकको मृत्यु

banner single news

खोटाङ, २१ माघ । आगोले जलेर खोटाङमा ७ वर्षीय बालकको मृत्यु भएको छ। भत्किएको घरमा माझ बनाएर राखिएको खर र परालमा आगो सल्कीदा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका जेसन मगरको आगोले जलसेर मृत्यु भएको हो। मंगलबार जेसन साथीहरुसँग खेल्न गएको बेलामा आगो खेलाउने क्रममा परालको र खरमाझमा सल्केको आगोले बालकको मृत्यु भएको हो भने गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए।

जेसनसँगै खेल्न गएका दुई बालकले भने भागेर ज्यान बचाएका छन्। आगो सुरु भएपछि जेसन भने लुक्न खोज्दा आगोमै परेको स्थानीयले बताए बाल बिकास केन्द्र सिम्लेमा अध्ययनरत बालकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पठाइएको गाउँपालिका अध्यक्ष निरौलाले जानकारी दिय।

Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.