Fast Nepal News

कांग्रेस युवा नेता सुशील तिमल्सेनाले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

banner single news

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता सुशील तिमल्सेनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। ४० को हाराहारी उमेरमा टेकेका तिमल्सेना तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सम्मानजनक मतका साथ निर्वाचित भएका थिए । त्यसो त उनी तनहुँ १ बाट खुलातर्फ निर्वाचित हुने मध्ये सबैभन्दा कान्छा उम्मेदवार हुन ।

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि हुने महाधिवेशनमा विभिन्न समूह तथा पुस्ताबाट उम्मेदवारी घोषणा भइरहेको छ। यसै क्रममा तिमल्सेनाले पार्टीको संगठन सुदृढीकरण, युवा पुस्ताको सहभागिता तथा कांग्रेसलाई थप सबल र गतिशील बनाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन्।

उनले कांग्रेसको नीति, विचार र संगठनलाई समयअनुकूल बनाउँदै पार्टीभित्र युवाको अर्थपूर्ण सहभागिता बढाउन आफूले भूमिका खेल्ने बताएका छन्। साथै, पार्टीलाई जनतासँग अझ नजिक बनाउँदै संगठनलाई प्रभावकारी र सुदृढ बनाउन आफ्नो उम्मेदवारी केन्द्रित रहने उनको भनाइ छ।

Inside Article Ads

कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ। तिमल्सेनाको उम्मेदवारी पनि यही क्रममा आएको हो।

तिमल्सेनाले यस अघि नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य रहदै संघमा १० जोड दुईको संयोजकको भूमिका निर्वाह गरेका थिए । उनले नेपाल विद्यार्थी संघ पब्लिक युथ क्याम्पस ईकाई सभापति भएर समेत कार्यभार सम्हालिसकेका छन् । नेपाली कांग्रेसलाई सुदृढ राख्न नेविसंघ सुदृढ हुनु पर्छ भन्ने मान्यता राख्ने तिमल्सेना तरुणहरुको जोश र उत्साहको सहि सदुपयोग गर्दै राजनीतिमा उनीहरुको भूमिका बढाउनु पर्ने धारणा राख्ने गर्दै आएका छन् । लोकप्रिय छविसंगै नाम जस्तै सुशिलपन उनको अर्को सकारात्मक पक्ष हो । जसले उनको राजनीतिक यात्रालाई सफल तुल्याउदै आएको छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.