Fast Nepal News

मर्स्याङ्दी उर्लिएपछि ताल गाउँ डुबानमा, गुम्बामा आश्रय लिँदै स्थानीय

banner single news

सुमित्रा भुजेल

आइतबार, असोज ११,   मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि हिमाली जिल्ला मनाङको प्रवेशद्धारमा रहेको ताल गाउँ डुबानमा परेको छ। नासों गाउँपालिका–१ मा पर्ने ताल गाउँ मर्स्याङ्दी नदीको किनारमा अवस्थित छ। नदीको पानी बस्तीमा पसेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। पूर्ववडाध्यक्ष झलक गुरुङका अनुसार गाउँमा होटल तथा घर गरी करिब ५० वटा संरचना छन्। नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले स्थानीयवासी गाउँभन्दा केही माथि रहेको गुम्बामा गएर बसेका छन्। ‘मर्स्याङ्दी नदीको पानी ताल गाउँमा पसेको छ। गाउँलेहरू माथि गुम्बामा गएर बसेका छन्,’ गुरुङले भने,‘‘नदीमा पानीको बहाव बढिरहेको छ।’ लगातार तीन दिनदेखि परेको वर्षाका कारण लमजुङ–मनाङ जोड्ने सडकका विभिन्न स्थानमा पहिरो गएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा मनाङसँगको आवतजावत प्रभावित भएको छ। वर्षाले विद्युत् संरचनामा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। विद्युत् सेवा अवरुद्ध भएपछि मनाङमा सञ्चार सम्पर्कसमेत प्रभावित भएको उनीहरूको भनाइ छ। नदीमा पानीको बहाव बढिरहेको र सडक तथा विद्युत् संरचना प्रभावित भएकाले ताल गाउँसहित आसपासका बस्तीमा जोखिम बढेको स्थानीयले बताएका छन्

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.