
लमजुङ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लमजुङबाट युवा खुलातर्फ महाधिवेशन प्रतिनिधि बन्न इन्जिनियर अरुण खनालले तयारी थालेका छन्।
२०६५ सालदेखि नेविसंघको राजनीतिमा सक्रिय खनालले कलेज कमिटीको सचिवदेखि उपसभापतिसम्मको जिम्मेवारी सम्हालेका छन्। उनी तरुण दल राइनास नगर कमिटीका पूर्वसचिवसमेत हुन्।
भूकम्पपछिको पुनर्निर्माणदेखि सुन्दरबजार र राइनास नगरपालिकासम्म काम गरेको अनुभव बटुलेका खनाल अहिले JRS Engineering Hub Pvt. Ltd. सञ्चालन गर्दै आएका छन्।
युवा सहभागिता, जिम्मेवार नेतृत्व र रचनात्मक सोचलाई प्राथमिकता दिने बताउँदै खनालले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए लमजुङका युवा, रोजगारी, उद्यमशीलता र विकासका विषयलाई पार्टीको केन्द्रीय बहससम्म पुर्याउने बताएका छन्।
“क्षेत्रीय प्रतिनिधिको एक–एक मतलाई म जिम्मेवारीका रूपमा लिनेछु,” खनाल भन्छन्।
विद्यार्थी राजनीतिदेखि प्राविधिक तथा व्यावसायिक क्षेत्रसम्मको अनुभव बोकेर खनाल अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो राजनीतिक यात्रालाई अघि बढाउने तयारीमा छन्।
