Fast Nepal News

विदेशबाट फर्केर स्वदेशमै उदाहरणीय उद्यम: राइनासका युवा शुलभ पियाले तनहुँमा सञ्चालन गरे तोरी मिल र राइस मिल

banner single news

विदेशबाट फर्केर स्वदेशमै उदाहरणीय उद्यम: राइनासका युवा शुलभ पियाले तनहुँमा सञ्चालन गरे तोरी मिल र राइस मि

बिनोद मजाकोटी/ राइनास लमजुङ
लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका युवा शुलभ पियाले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्दै उदाहरणीय काम गरेका छन्। आफ्नो उर्जाशील उमेरको केही वर्ष उनले साउदी अरब र कतारमा बिताए। वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेका पिया पुनः विदेश गए पनि विश्वभर फैलिएको कोभिड–१९ महामारी सुरु भएपछि स्वदेशमै केही गर्ने अठोटका साथ नेपाल फर्किएका थिए।
नेपाल फर्किएपछि उनले सुरुमा सानो स्तरबाट किराना पसल सञ्चालन गरे। त्यसैबीच जीविकोपार्जनका लागि अटो समेत चलाउन थाले। निरन्तर मेहनत र लगनशीलताका साथ अघि बढ्दै उनले तनहुँको भानु नगरपालिका–१० कालिमाटीमा आफ्नै ठूलो बुबाको जग्गामा तोरी मिल तथा राइस मिल सञ्चालनमा ल्याएका छन्।
हाल उनले सञ्चालन गरिरहेको तोरी मिलमा बगालेफाँट, जुङ्गेफाँट, बडारे, चितिखोला, लौडारी, भन्ज्याङचोक, चिसापानी लगायत सिमलचोर क्षेत्रका स्थानीय किसानहरू तोरी पेल्न आउने गरेका छन्। आफू गाडी चलाउन जाँदा मिलको व्यवस्थापन भने उनकी श्रीमतीले सम्हाल्ने गरेको पियाले बताए।
उनको मिलमा राइनास क्षेत्रका स्थानीयहरू पनि तोरी पेल्न आउने गरेका छन्। उनले व्यक्तिगत मात्र नभई व्यावसायिक प्रयोजनका लागि BYD गाडी समेत खरिद गरेका छन्।आफ्नो उर्जाशील समय खेर जान नदिन उनी दिनरात उद्यममा सक्रिय छन्।
उनले आफ्नै मिलमा तोरी प्रशोधन गरी अर्गानिक तेल उत्पादन गर्दै पोखरा र काठमाडौंसम्म मागअनुसार पुर्‍याउने गरेका छन्। आगामी दिनमा अझै उत्पादन बढाएर केही मानिसलाई रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको पियाले बताएका छन्।
उद्यमसँगै गाउँघरमा राजनीतिक दलहरूले गरेका कामप्रति खबरदारी गर्दै सामाजिक गतिविधिमा समेत उनी सक्रिय रहँदै आएका छन्।

Inside Article Ads
Visited 63 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.