Fast Nepal News

राइनासको सहकारीमा १ करोड ५० लाख घोटाला आरोप, : तत्कालीन समिति ले के हेर्यो?

banner single news

लमजुङ — राइनास नगरपालिका–८ मा रहेको मिलिजुली कृषि ताजा तरकारी सहकारी संस्था लि. मा करिब १ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता (घोटाला) भएको आरोप उठेको छ। सहकारीका सयौं शेयर सदस्यहरूले रकम हिनामिनाबारे गम्भीर प्रश्न उठाउँदै आक्रोश व्यक्त गरेका छन्।
सहकारीका अनुसार संस्थामा ५ सयभन्दा बढी शेयर सदस्य रहेका छन्। तर सदस्यहरूको आरोप अनुसार तत्कालीन सह–व्यवस्थापक श्यामबाबु नरालले केही सदस्यहरूको नाम प्रयोग गरेर कृत्रिम रूपमा ऋण प्रवाह (कृते ऋण लगानी) गरेको पाइएको बताइएको छ।
सदस्यहरूको भनाइ अनुसार धेरैलाई आफ्नो नामबाट ऋण गएको कुरा नै थाहा नभएको र पछि मात्र खाताबाट पैसा गएको जानकारी भएको बताइएको छ। यस घटनापछि पीडित सदस्यहरू आक्रोशित बनेका छन्।
यसैबीच, सदस्यहरूले सहकारीको तत्कालीन व्यवस्थापन समिति र पदाधिकारीहरू पनि जिम्मेवार रहेको भन्दै प्रश्न उठाएका छन्। “यति ठूलो रकमको अनियमितता हुँदा पनि समितिले के हेरेर बस्यो?” भन्ने प्रश्न सदस्यहरूले उठाएका छन्।
अर्कोतर्फ, केही सदस्यहरूले सहकारीले सदस्यहरूको बचत बुक लुसुक्क संकलन गरेको आरोप समेत लगाएका छन्।
स्थानीय स्रोतका अनुसार करोडभन्दा बढी रकमको विषय वडा स्तरमै छलफल र सहमतिमा मिलाउने प्रयास भएको चर्चा पनि भइरहेको छ।
उता सहकारी पक्षले भने सदस्यहरूलाई “आत्तिनु पर्दैन, रकम फिर्ता गरिनेछ” भन्ने आश्वासन दिएको बताइएको छ।
हाल यो घटनाबारे विस्तृत छानबिनको माग सदस्यहरूले गरेका छन्।

Inside Article Ads
Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.