Fast Nepal News

धादिङका चेपाङ विद्यार्थीहरूलाई सहयोग वितरण

चेपाङहरूकाे याे समस्या राज्यले हेर्नु पर्ने हाे, तर राज्य उदासीन छ भन्दै यस्तोमा व्यक्तिगत सहयोग गर्न काठमाडौ देखि आउनुभएकोमा आभार व्यक्त गर्नुभएको थियो ।

banner single news

धादिङ
राजधानीसंग जाेडिएकाे जिल्ला भएतापनि धादिङ जिल्लाकाे धेरै भाग विकट छन् । त्यहाँका जनताहरूले अहिले पनि आधारभूत सुविधाहरूको अभाव खेपिरहेका छन् । धादिङका यस्तै दुर्गम भेगका सामुदायिक विद्यालयमा अध्ययनरत चेपाङ लगायत अन्य पिछडिएका विपन्न तथा सीमान्तीकृत विद्यार्थीहरूकाे दुखद् अवस्था देखेपछि एक दशकअघि भक्तपुर बालकाेटका एक समाजसेवी किरण शर्माका आँखा रसाए । यिनका लागि मैले केही गर्नुपर्छ भन्ने साेच पलायो उनमा । यही साेचलाई मूर्त रुपदिने क्रममा आफूसँग मन मिल्ने केही मानिस जुटाए । फलस्वरूप आजभन्दा १० बर्षअघि जन्मियाे “धादिंग सहयोग समूह”। फाेटाे फिचर ।।


यस समूहले आफू-आफूबाट रकम जुटाएर स्थापनाकालदेखिदेखि आजसम्म निरन्तररूपमा धादिङका धेरै सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना, पाठ्यपुस्तक, शैक्षिक सामाग्री, विद्यालय पाेशाक, दशैंलुगा लगायतका सहयोग गर्दै आएकाे छ । विपन्न केही अभिभावकलाई आत्मनिर्भर बनाउन लुगा सिउने मेसिन पनि दिएकाे छ भने खाद्यान्न र लत्ताकपडा पनि प्रदान गर्दै आएको छ । यसरी छिमेकमा गरेको सहयोगकाे खबर सुनेर मकवानपुरका विद्यालयहरूबाट पनि समूहलाई सहयोगकाे माग आउन थाल्यो । तर व्यक्तिगत सहयोग कसरी सबैतिर चाहेजति पुर्‍याउन सकिन्थ्यो र ?

समय बित्दै जाँदा सुरु-सुरुमा धादिङलाई कार्यक्षेत्र बनाएकाे यस समूहमा बिस्तारै स्वतस्फूर्तरूपमा सहयोगीहरू जाेडिंदै गए । दाताहरूले आफ्नो जन्मदिन लगायतका शुभकर्महरूमा नियमित सहयाेग वाहेककाे थप आर्थिक सहयोग समेत दिन थाले । त्यसपछि भने यसले आफ्नो कार्यक्षेत्र बिस्तार गरि सहयोगकाे माग आएको मकवानपुरका विद्यालयमा पनि पुगेर विद्यार्थीहरूलाई आवश्यकता अनुसार पाठ्यपुस्तक, शैक्षिक सामाग्री, विद्यालय पाेशाक, दशैंलुगा, न्यानाे लुगा आदि दिन थाल्यो । मकवानपुरमा पनि प्रवेश गरेपछि हाल समूहले आफ्नो नाम परिवर्तन गरि “शैक्षिक प्रेरणा समूह” राखेको छ ।
यसै क्रममा समूले यही २०८२ पुस ९ गतेका दिन समूहले श्री बुद्धि विकास आधारभूत विद्यालय, बेनीघाट राेराङ-७ चराैंदी धादिङका ५५ जना चेपाङ विद्यार्थीलाई ट्र्याकसुट सेट, माेजा र उनीटाेपी तथा

५ जनालाई टिसर्ट, पाइन्ट र माेजा वितरण गर्नुका साथै भूमेकाली आधारभूत विद्यालय, गजुरीका ११ जनालाई स्कुल ब्याग प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा स्थानीय वडाध्यक्ष कुमार बस्नेतले आफ्नो मन्तव्यमा यस वडामा कूल ४१ प्रतिशत चेपाङ समुदाय रहेका र यिनीहरू निकै पिछडिएकाे बताउनु हुँदै पेटभरि खान नपाउने र राम्ररी कपडा लगाउन नपाउने चेपाङहरूकाे याे समस्या राज्यले हेर्नु पर्ने हाे, तर राज्य उदासीन छ भन्दै यस्तोमा व्यक्तिगत सहयोग गर्न काठमाडौ देखि आउनुभएकोमा आभार व्यक्त गर्नुभएको थियो ।
धादिङका विद्यालयहरूका ५०० भन्दा विद्यार्थीलाई दिवा खाजा खुवाइरहेकाे समाजसेवी संस्था प्रेमसागर फाउन्डेसनका तर्फबाट भाेला रावतले विद्यार्थी, समुदाय र स्थानीय समस्या समाधानका लागि सबैले हातेमालो गर्नुपर्नेमा जाेड दिनुभयो भने विद्यालयका प्रधानाध्यापक राममणि थपलियाले स्कुलमा ८० प्रतिशत चेपाङ समुदायका विद्यार्थी अध्ययनरत रहेका र यसमध्ये करिब २० प्रतिशत मात्रै दुईछाक खानसक्ने अवस्थामा भएको बताउनुभयो ।

किरणसिंह ठकुरीले सञ्चालन गर्नुभएको साे कार्यक्रममा सहयोगदाता शैक्षिक प्रेरणा समूहका परिकल्पनाकार समाजसेवी किरण शर्माले केही गर्ने चाहना हुनुपर्छ त्यसपछि उमेर वा भूगोल केहीले छेक्दैन भन्नुहुँदै अहिले देशमा बुढाहरूबाट केही हुन्न युवा नै सबै थाेक हाे भन्ने भाष्य स्थापित हुँदै गएकोमा चिन्ता ब्यक्त गर्नुभयाे । उहाँले एक दसकदेखि व्यक्तिगत रकम खर्चेर यस्ता पराेपकारी कार्यमा अघि बढिरहेका बुढा पुस्तालाई समाजका सबै तह र तप्काबाट हाैसला तथा प्राेत्साहन गर्दै नवपुस्ता यस्ता कामबाट सिक्नुपर्नेमा जाेड दिंदै आफूहरूले सक्दाे सहयोग गर्दै रहने वचन दिनुभयाे ।

Inside Article Ads

विद्यालयका पुराना शिक्षक सरिता सुवेदीले कक्षाकाेठाकाे अभावमा कहिले १ देखि ३ सम्म गाभेर र कहिले चाैरमा पालभित्र कक्षा लिनुपरेकाेले पीडा सुनाउनुभयो । यसैगरी कक्षा ८ की छात्रा सृष्टि चेपाङले आफ्नो घरमा बत्ती समेत नभएकाेले पठनपाठनमा कठिनाइ भएकाे बताइन् ।

 

यस समूहले हालसम्म धादिङ र मकवानपुरका तमै रातामाटे मावि, अमन्तादेवी मावि, महाकाली मावि, कालिका आधारभूत विद्यालय, देउराली आवि, जनता प्रावि, वागेश्वरी मावि, शारदा आवि, बुद्धि विकास आवि लगायतका विद्यालयमा ड्रेस, दशैं लुगा र कपी कलम, स्वेटर, शैक्षिक सामाग्री तथा विद्यालयकाे आवश्यकता र आफ्नो गच्छे हेरि केही विद्याययलाई कम्प्युटर, प्रीन्टर र खेलकुद सामाग्री समेत दिएको छ । स्थानीय विपन्न बर्गका केहीलाई खाद्यान्न, रकम, लुगाफाटा र शैक्षिक छात्रवृत्ति उपलब्ध गराएको छ ।

यस बाहेक समूहले राष्ट्रिय संगीतकर्मी संघ घादिङ जिल्ला समितिलाई वाद्य सामाग्री समेत प्रदान गरिसकेको छ । समूहबाट निकट भविष्यमै केही विद्यालयका थप विद्यार्थीलाई कपडा लगायतका सहयोग पुर्‍याउने याेजना रहेको कुरा समूहका सक्रिय व्यक्तित्व समाजसेवी बिजय बस्नेतले जानकारी दिनुभएको छ ।

साेहि दिन बिहान समूहकाे सम्मानमा राष्ट्रिय संगीतकर्मी संघ घादिङ जिल्ला समितिले धार्के बजारमा सम्मान तथा चिया कार्यक्रम समेत गरेको थियोे ।

Visited 105 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.