Fast Nepal News

बिहार चुनाव : २०२ सिट जित्दै एनडीएको भारी विजय, महागठबन्धन ध्वस्त

banner single news

 

काठमाडौं । बिहार विधानसभा चुनाव–२०२५ मा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले प्रचण्ड बहुमत हासिल गर्दै महागठबन्धनलाई भारी पराजय दिएको छ । भाजपा ८९ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ भने जनता दल (युनाइटेड) ८५ सिटसहित दोस्रो स्थानमा रह्यो ।

एनडीएको अन्य घटक—लोक जनशक्ति पार्टी, हिन्दुस्तानी आवाम मोर्चा र राष्ट्रिय लोक मोर्चाले पनि उच्च सफलता प्राप्त गरे । विपक्षी महागठबन्धनका आरजेडी र कांग्रेसलाई ठूलो क्षति पुगेको छ भने प्रशान्त किशोरको जन सुराज पार्टीले अपेक्षा अनुसार एक सिट पनि जित्न नसकी निराशाजनक प्रदर्शन ग¥यो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा आयोजित विजय समारोहमा जनताले ‘सामाजिक न्यायको वास्तविक रूप’ रोजेको बताउँदै आरजेडी र कांग्रेसलाई कडा प्रहार गरे ।
उनले बिहारमा एनडीएको विजयले आगामी वर्ष पश्चिम बंगालमा हुने चुनावमा पनि भाजपालाई फाइदा पुग्ने दाबी गरे । मोदीले महिलाहरू र युवाहरूले निर्धारण गरेको नयाँ ‘एमवाई फार्मुला’—महिला र युवा—नै एनडीए विजयीको मुख्य आधार बनेको बताए । उनले आरजेडीको ‘जंगलराज’ र ‘कट्टा सरकार’ को आरोपलाई दोहोर्याउँदै अब त्यो शासनशैली कहिल्यै नफर्कने दाबी गरे ।

मुख्यमन्त्री नितीश कुमार फेरि सत्तामा फर्किन तयारी अवस्थामा छन्। विशेषगरी ‘मुख्यमन्त्री महिला रोजÞगार योजना’मार्फत १.२० करोडभन्दा बढी महिलालाई प्रदान गरिएको १०,००० रुपैयाँ भारु सहयोग र महिलामैत्री नीतिहरूलाई एनडीए विजयीका प्रमुख कारण मानिएको छ ।

Inside Article Ads

नितीशले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जनताप्रति कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्री मोदी र गठबन्धनका सबै दलहरूलाई धन्यवाद दिए । २४३ सिटको विधानसभा मध्ये एनडीएले २०२ सिट जित्दै तीन–चौथाइ बहुमत प्राप्त ग¥यो । सन् २०१० पछि दोस्रोपटक एनडीएले २०० भन्दा धेरै सिट जितेको हो । यसपटक महागठबन्धन निकै कमजोर देखियो—आरजेडीले २५, कांग्रेसले ६, सीपीआई (एमएल) ले २ र अन्य दलहरूले थोरै सिट मात्र जिते ।

कांग्रेसले भने चुनाव ‘ठूलो स्तरको भोट चोरी’ भएको आरोप लगाउँदै प्रधानमन्त्री, गृहमन्त्री र चुनाव आयोगलाई कठोर आरोप लगायो । प्रधानमन्त्री मोदीले कांग्रेसलाई “एमएमसी—मुस्लिम लिग माओवादी कांग्रेस” को संज्ञा दिँदै पार्टीभित्रै असन्तुष्ट समूह बढ्दै गएको दाबी गरे ।
उनले राहुल गाँधीको चुनावी अभियानका क्रममा पोखरीमा डुबुल्की लगाएको प्रसंग जोड्दै कांग्रेस ‘आफू र साथीसँगै डुबाउने अभ्यास’ गरिरहेको टिप्पणी गरे । मोदीले कांग्रेसलाई ‘परजीवी पार्टी’ भन्दै गठबन्धन दलहरूको मत बैंक ‘निल्ने’ आरोप पनि लगाए ।

यस वर्षको मतदान ऐतिहासिक रूपमा शान्तिपूर्ण र उच्च सहभागिता भएको छ। ६७.१३ प्रतिशत भोटिङ भएका मध्ये महिलाको सहभागिता ७१.६ प्रतिशत पुगे—पुरुषभन्दा करिब ९ प्रतिशत बढी । मोदीले विगतमा नक्सली गतिविधि र ‘जंगलराज’का कारण व्यापक पुनःमतदान हुने गरेको स्मरण गर्दै यसपटक एक ठाउँमा पनि पुनःमतदान हुन नपरेको बताउँदै निर्वाचन आयोग र सुरक्षा निकायको प्रशंसा गरे ।

Visited 27 times, 27 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.