Fast Nepal News

सांस्कृतिक अतिक्रमण रोक्न नसके सरकारको विकल्प खोजिने चेतावनी — रबिन्द्र श्रेष्ठ

banner single news

काठमाडौं । नेवा राष्ट्रिय परिषद तथा राष्ट्रिय मुक्ति क्रान्तिका नेता रबिन्द्र कुमार श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकारले सांस्कृतिक अतिक्रमणलाई निरन्तरता दिए जनताले सरकारको विकल्प खोज्ने चेतावनी दिएका छन्।

श्रेष्ठका अनुसार धुलिखेल–सुर्यविनायक सडक विस्तारका नाममा ऐतिहासिक सम्पदामाथि विनाशकारी हस्तक्षेप भइरहेको छ। उनले आरोप लगाए कि बिना वैकल्पिक योजना र अध्ययन सडक विस्तार गर्दा नेवार समुदायको पहिचान, संस्कृति र भाषा मेटिँदै गएको छ।

श्रेष्ठले भने, विकल्पको अध्ययन नगरिकन सडक विस्तार गर्दा हाम्रो पहिचान, संस्कृतिलाई मेट्ने काम भइरहेको छ। यस्तो कार्य तत्काल रोकिएन भने जनताले विकल्प खोज्नेछन्।
उनका अनुसार विकासका नाममा ऐतिहासिक बस्ती भत्काइँदा सांस्कृतिक सम्पदाको संरक्षण गम्भीर संकटमा परेको छ। उनले सरकारलाई तत्काल सडक विस्तार कार्य रोकी प्रभावित क्षेत्रको सांस्कृतिक मूल्याङ्कन गर्न आग्रह गरेका छन्।

Inside Article Ads

श्रेष्ठले विकास र संस्कृति संरक्षणबीच सन्तुलन कायम गर्न राज्य जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै भने,हाम्रो पहिचान र परम्परालाई मेटाउने कुनै पनि कार्य स्वीकार्य हुनेछैन।

धुलिखेल–सुर्यविनायक सडक विस्तार बागमती प्रदेशको प्रमुख पूर्वाधार आयोजनामध्ये एक हो। स्थानीय बासिन्दा र संस्कृतिविद्हरूले विगतदेखि नै सडक विस्तारले पुरातात्त्विक सम्पदा, गुठी जग्गा र परम्परागत बस्तीमा असर पार्ने भन्दै विरोध गर्दै आएका छन्।

Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.