Fast Nepal News

मकवानपुर प्रहरीले गर्यो १६ करोडभन्दा बढीको अवैध सामान नियन्त्रण

banner single news

हेटौंडा । चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाइहरूले अपराध नियन्त्रण, लागुऔषध रोकथाम, भन्सार छलि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्यसम्पादन गरेका छन् ।

प्रहरीको सार्वजनिक विवरणअनुसार, एक वर्षको अवधिमा एक हजार ७५ वटा मुद्दा दर्ता भएका छन् भने  नौं सय २८ जना अभियुक्त पक्राउ परेका छन्।

लागुऔषधसम्बन्धी १८८ वटा मुद्दा दर्ता गर्दै २८९ जना पक्राउ गरिएको छ। यस क्रममा छ हजार ००४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, ६२८ बोतल कोरेक्स, ९५,२७१ थान नाइट्राभेट÷ट्रामाडोल, २,७५७ एम्पुल डाइजेपाम र ४७६ ग्राम ४३३ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। साथै, ५५ वटा सवारीसाधन समेत नियन्त्रणमा लिइएका छन्।

प्रहरीले १२० बिगाहा ४ कठ्ठा क्षेत्रफलमा फैलिएको गाँजाको खेती र ३९ बिगाहा १४ कठ्ठा क्षेत्रफलमा रहेको अफिम खेती फडानी गरेको छ। उक्त अभियानमा ४२१ जना प्रहरी परिचालित भएका थिए।

अबैध भन्सार छली नियन्त्रणका क्रममा प्रहरीले १६ करोड १७ लाख ७४ हजार रुपैयाँ बराबरको सामान र मुद्रा बरामद गरेको छ। बरामदमा ८ किलो ७३५ ग्राम सुन, २ किलो १९६ ग्राम चाँदी, १० थान सवारीसाधन, ३२ हजार अमेरिकी डलर र १४ हजार यूरो विदेशी मुद्रा समावेश छन्।

Inside Article Ads

फरार १८३ जना अभियुक्त पक्राउ गरी ९९ वर्ष ११ महिना २३ दिनको कैद सजाय कार्यान्वयन गरिएको छ। साथै, १ करोड २१ लाख ७३ हजारभन्दा बढी जरिवाना असुल गरिएको छ।

अबैध उत्खनन् विरुद्ध १९५ वटा सवारीसाधन नियन्त्रणमा लिइएका छन्, जसबाट ११ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।

एक वर्षमा ४०७ वटा सवारी दुर्घटना हुँदा ५० जनाको मृत्यु, १६३ जना गम्भीर घाइते र ८०२ जना सामान्य घाइते भएका छन् । ट्राफिक उल्लंघनमा ३० हजार ३४ कारबाहीबाट २ करोड ४१ लाख ४५ हजारभन्दा बढी राजस्व संकलन भएको छ। मापसेमा ८४४ चालक कारबाहीमा परेका छन् भने लागुऔषध सेवन गरी सवारी चलाउने २१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

सामाजिक सुरक्षा र जनचेतनाका लागि २,६१६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा १ लाख ४५ हजारभन्दा बढी सर्वसाधारण सहभागी भएका थिए।

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.