Fast Nepal News

‎मञ्जुश्रीमा नियमित मासिक रचनावाचन कार्यक्रम सम्पन्न

banner single news

काठमाडौ श्रावण ३

‎मञ्जुश्री साहित्य समाजको ८० अ‍ौं रचनावाचन शृङ्खला प्रविधि माध्यम भर्चुअल वाट सम्पन्न  भएको छ । मञ्जुश्रीका अध्यक्ष डा. बमबहादुर थापा जितालीको अध्यक्षता,जनकविकेशरी धर्मराज थापाका सुपुत्र मदनराज थापाकोको प्रमुख आतिथ्य र वीरबहादुर लोहनीको सञ्चालनमा सम्पन्न यो कार्यक्रममा  कविवर पुरुषोत्तम सिग्देल ,आनन्द अधिकारी र जगदीश्वर पोखरेलको विशेष उपस्थिति रहेको थियोे । कार्यक्रममाप्रमुख आमन्त्रित  मदनराज थापाले कवितामा विषयवस्तुको प्रस्तुतिलाई शिल्प र लालित्यले प्रभावकारी बनाउँछन् ,आज मैंले जति सुनेका कविता छन्,तिनले कविताको क्षेत्रमा परिष्कार हुँदै गएको पाएँ भन्दै आफ्नो मुक्तलयको एउटा कविता वाचन गर्नुभयो । कार्यक्रममा वाचित रचनाहरूको संक्षिप्त टिप्पणी खोलाघरे साहिंलाले गर्नुभएको थियो । सहभागी कविगणले निम्न क्रमानुसार रचना पाठ गर्नुभएको  थियोे –
‎१.बालकृष्ण सुवेदी,अनुष्टुप् छन्दमा
‎२. दुर्गाप्रसाद सिग्देल -” हिजोआज ” लोकलयमा
‎३.खोलाघरे साहिंलो -“लुते साँझका सन्दर्भमा ” स्रग्धरामा
‎४.गङ्गा लिगल-“देशको माटो” आद्यकविता र चारवटा मुक्तक
‎५.आनन्द अधिकारी -” अपूर्ण साधना” मुक्त लयमा
‎६.द्वारिका चौंलागाईं-” अव्यक्त सत्य”सम्वाद शैली र लोकलयमा
‎७.पुरुषोत्तम सिग्देल -“फाल्न जुटौं दुवै लुतो” इन्द्रवंशामा
‎८.हरि खनाल-” ” मञ्जुला छन्दमा
‎९.टेकबहादुर लौडारी-” प्रकृतिमा कविहरू” लोकलयमा
‎१०.पूर्णदेवी न्यौपाने-” हे निद्रा” शार्दूलविक्रीडितमा
‎११.मदनराज थापा-” उसको तस्वीर” मुक्त लयमा
‎१२.चन्द्रा न्यौपाने-“लुते सुसेलीहरू ३ र कविवर धर्मराज थापासँग सम्बन्धित ५ वटा सुसेलीहरू
‎१३.कल्पना भट्टराई -“छन्द ” पञ्चचामर छन्दमा
‎१४.दुर्गा अधिकारी भँमरकोटे-साउन शिवको महिना,शिवजीसँग सम्बन्धित सुसेलीहरू
‎१५.वीरहादुर लोहनी -” देशको माया” लोकलयमा
‎१६.जगदीश्वर पोखरेल-“सुके लुतो” उपजाति छन्दमा
‎१७.द्वारिका कुइँकेल-” भानु” स्वतन्त्र छन्द
‎१८. डा. बमबहादुर थापा जिताली-” म देश खोजिरहेछु” उपजाति छन्दमा
‎१९. गुप्तबहादुर श्रेष्ठ -सभ्य श्रोता
‎कार्यक्रममा सहभागी सबै कविगण,प्रमुख आमन्त्रित मदनराज थापा,विशेष व्यक्तित्वहरूमा हार्दिक धन्यवाद दिंदै अध्यक्षले यो प्रविधिमैत्री कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।

Inside Article Ads
Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.