
काठमाडौं समाचारदाता
श्रावण १
काठमाडौं । भगवान् शिवको प्रिय महिना श्रावणको अवसरमा राष्ट्रदेव श्री पशुपतिनाथको पवित्र प्राङ्गणमा भव्य महायज्ञ तथा आध्यात्मिक कार्यक्रम आयोजना हुने भएको छ । श्रावण १ गतेदेखि ३१ गतेसम्म निरन्तर चल्ने यस महायज्ञमा प्रसिद्ध आध्यात्मिक प्रचारिका ‘देवी अभियान’का मुखारबिन्दबाट अमृतरूपी श्रीमद्भगवद्गीताको सारसहित प्रेरणादायी प्रवचन हुने आयोजक समितिले जनाएको छ ।
श्रावण महिना भगवान् महादेवको आराधनाको विशेष महिना मानिने भएकाले पशुपतिनाथ मन्दिर परिसरमा दैनिक हजारौँ भक्तजनको उपस्थितिका बीच यस वर्षको महायज्ञलाई अझ भव्य र गरिमामय बनाउन विशेष तयारी गरिएको छ ।
आयोजकले भक्तजनलाई श्रावण महिना भरि पशुपतिनाथको दर्शन, गङ्गाजल अभिषेक र गीता प्रवचनमार्फत आध्यात्मिक उन्नति र आत्मिक शान्तिको लाभ लिन आग्रह गरेको छ ।
