
लमजुङ ,सुन्दरबजार बिनोद मजाकोटी सुन्दरबजार नगरपालिका वडा नं. ६ कृषि क्याम्पस गेट अगाडि गाविन्द बोहोराको घरमा भिषण आगलागी भएको छ । रातको १२ बजे आसपासमा आगलागी हुँदा लाखौको धनमाल जलेर क्षेति भएको प्रारम्भिक अनुसन्धानबाट प्राप्त भएको छ ।
मानवीय क्षेति नभए तापनि घर पूर्ण रुपमा क्षेति भएको छ ।
इलाका प्रहरी कार्यालय सुन्दरबजार, इलाका प्रहरी कार्यालय भोटेओडार, जिल्ला प्रहरी कार्यालय, चण्डी प्रसाद गण, शसस्त्र प्रहरी बल, बेसीशहर नगरपालिकाको दमकल र स्थानीयको पहलमा राती १ बजे आगो पूर्ण नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय भोटेओडारका इन्चार्ज मनोज कुमार पाण्डेले जानकारी दिनुभयो । नगरपालकाको डोजरको सहायताले आगलागी भएको घर भत्काएर अन्य घर आगलागी हुनबाट बचाइएको छ ।
बोहोराको दुईतले घर र घरमा रहेका धनमाल जलेर नष्ट भएको हुँदा लाखौँको क्षेति भएको छ तर क्षेतिको यकिन विवरण आउन भने बाँकी रहेको इन्चार्ज पाण्डेले बताउनु भयो । रातको समयमा भएको उक्त आगलागी विद्युत सट भएर भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राती खाना खाएर सुतेको अवस्थामा आगलागी भएको भए पनि मानवीय क्षेति हुनबाट बचाइएको इन्सपेक्टर पाण्डेको भनाई छ ।
