
गोरखा, बुङकोट , ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको बुङकोट शाखाले एक दिने “बाटेको धुप बनाउने” तालीम सम्पन्न गरेको छ। स्थानीय स्तरमा आयमूलक सीप विकास गर्ने उद्देश्यले आयोजित उक्त तालीममा ७५ जना सहभागी भएका थिए। तालीमको उद्घाटन कार्यक्रममा बोल्दै शहीद लखन गाउँपालिकाका वडा नं. ७ का वडा अध्यक्ष शरण श्रेष्ठले संस्थाले समुदायमा वित्तीय पहुँच विस्तार गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सीपमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताए। उहाँले आगामी दिनमा पनि स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा ग्लोबल आइएमई लघुवित्त बुङकोट शाखाका प्रमुख अर्जुन बि.क.ले स्वागत मन्तव्य राख्दै संस्थाबाट प्रदान गरिने सेवाहरुको बारेमा सहभागीहरुलाई जानकारी गराए। साथै, उनले संस्थाको उद्देश्य तथा भावी योजनाहरुबारे पनि प्रकाश पारे। तालीम कार्यक्रममा वडा सदस्य डिल बहादुर गरञ्ज, खब्दिभञ्ज्याङ टोल विकास समितिका अध्यक्ष जित बहादुर बि.क, शाखाका कर्मचारीहरु तथा स्थानीय महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता केन्द्र नं. ०२१ की सदस्य बिमला अंगाईले गरेकी थिइन् भने सञ्चालन सुजन परियारले गरेका थिए।
Visited 112 times, 1 visit(s) today
