Fast Nepal News

१०५ किलो गाँजासहित १ जना पक्राउ

banner single news

 

हेटौंडा । हेटौंडाबाट १०५ किलो लागूऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १५ रातोमाटे स्थित चेकपोष्ट अगाडी सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले गाँजा, पकिअप गाडी सहित एक जनालाई पक्राउ गरेको हो ।

हेटौडाबाट कलैयातर्फ जादै गरेको बा प्र ०१–०३० च १०४६ नंबरको पिकअप गाडीलाई रोकी चालक दोलखा जिरी नगरपालिका वडा नम्बर–१ बस्ने ३२ वर्षिय अम्मर बहादुर तामाङलाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

Inside Article Ads

पिकअप गाडी भित्र लुकाई ९ वटा पोकामा १०५ किलो ९०० ग्राम गांजा फेला परेको हुंदा उक्त गांजा तथा पिकअप गाडी समेतलाई बरामद गरी तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.