Fast Nepal News

ज्योति लाईफ इन्स्योरेन्सले ६६ करोडको आईपीओ निष्कासन गर्ने

banner single news

काठमाडौं, पुस २३ – ज्योति लाईफ इन्स्योरेन्सले रु ६६ करोडको बराबरको शेयर सर्वसाधारणकोलागि निष्कासन गर्ने तयारी गरेको छ । आईएसओ ९००१/२०१५ गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त सो कम्पनीले चाँडैनै आईपीयो निष्कासन गर्ने तयारीमा रहेको प्रमुख कर्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले जानकारी दिए।

ज्योतिले ल्याएको ज्योति ईजी पे जीवन बीमा योजनाको घोषणा कार्यक्रममा सीईओ खत्रीले सो जानकारी दिएका हुन् । ज्योति ईजी पे जीवन बीमा योजना अन्तर्गत विमा गर्नेहरुले पहिलोपटक बीमाशुल्क तिरेपछि अन्य वर्षहरुमा कम मात्र बीमाशुल्क तिरेपनि हुने व्यवस्था छ । प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै अन्य वर्षमा कमबीमा शुल्कमा पनि पूर्ण जोखिम बहन गर्नुको साथै राम्रो प्रतिफल पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Inside Article Ads

प्रत्येक वर्ष ठुलो बीमाशुल्क बुझाउनु पर्ने अवस्थाबाट मुक्त पार्दै तयार पारिएको यस योजनामा प्रत्येक वार्षिकोत्सवमा भुक्तानी हुने बीमाङ्कको ५ प्रतिशत रकम दोस्रो वर्षदेखीको नवीकरण बीमाशुल्कमा मिलान गरि कम बीमाशुल्कमा नै बीमालेख जारी हुने व्यावस्था गरिएको छ । कम्पनीको उच्च पदाधिकारीहरुको उपस्थितिमा सञ्चालक समितिले उक्त योजनाको उद्घाटन गरेका थिए ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.