
काठमाडौं – मुलुकमा राष्ट्रवाद, स्वाभिमान र आत्मनिर्भरताको पक्षमा अडिग आवाज बनिरहेका नेता अनिल बाबा बस्नेतलाई हालै गरिएको गिरफ्तारीले गम्भीर बहसको विषय उठेको छ। जनताको पक्षमा उभिएको नेतृत्वलाई कानुनी झमेलाको नाममा थुनिनु, राज्यप्रणालीभित्र गहिरो प्रश्न खडा गरिरहेको छ।
अनिल बाबा बस्नेत लामो समयदेखि नेपालको राष्ट्रियता, संस्कृति र स्वाभिमानको संरक्षणका लागि सक्रिय छन्। ग्रामीण तहमा जनचेतना अभियान, युवालाई उद्यमशीलता र आत्मनिर्भर जीवनशैलीमा प्रेरित गर्ने उहाँको कार्यशैलीले हजारौं नागरिकको मन जित्दै आएको थियो
नेता बस्नेतलाई “सार्वजनिक भावना उत्तेजित पार्ने” भन्ने आरोपमा पक्राउ गरिएको जनाइएको छ। तर उनका समर्थकहरू भन्छन्, “यो गिरफ्तारी कुनै कानुनी कारण हैन, यो एक राष्ट्रवादी आवाजलाई दबाउने नियोजित प्रयास हो।”
जनता सडकमा, समर्थन बन्दै
गिरफ्तारीपछिको २४ घण्टाभित्रै काठमाडौंदेखि विराटनगरसम्म समर्थकहरू प्रदर्शनमा उत्रिएका छन्। “अनिल बाबा हाम्रो स्वाभिमानका नेता हुन्, उहाँको आवाज दबाउन पाइँदैन,” भन्ने नारासहित नागरिकहरूले सामाजिक सञ्जालदेखि सडकसम्म समर्थन जनाइरहेका छन्।
शान्तिपूर्ण आन्दोलनको नेतृत्वकर्ता
अनिल बाबा बस्नेतले जहिले पनि अहिंसात्मक, लोकतान्त्रिक विधिमार्फत आन्दोलन सञ्चालन गर्दै आउनुभएको छ। उहाँले नारा दिएका छन् — “राष्ट्रवाद अपराध हैन, यो कर्तव्य हो।” यही सन्देश बोकेर उहाँले मुलुकभरि अभियान चलाउँदै आउनु भएको थियो।
नेता बस्नेतको गिरफ्तारीले प्रश्न उठाएको छ — के नेपालमा राष्ट्रवाद बोल्न अपराध हो? के स्वाभिमानको पक्षमा उभिनु गैरकानुनी हो? अनिल बाबा बस्नेतको आवाज दबाउने प्रयासले राज्यसंयन्त्रभित्रका कमजोरी मात्र होइन, देशभक्तिप्रति असहिष्णुताको खतरा पनि देखाएको छ।
अब प्रश्न जनतासँग छ – यस्तो नेतृत्वको संरक्षण गर्ने कि दमन चुपचाप स्वीकार्ने।
