Fast Nepal News

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३०औं वार्षिकोत्सव सम्पन्न, अध्यक्ष श्रेष्ठद्वारा संगठन सुदृढीकरणमा जोड

banner single news

काठमाडौं, वैशाख २२ – ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३०औं वार्षिकोत्सव काठमाडौं बानेश्वरस्थित काठमाडौं बैंक्वेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

महासंघका अध्यक्ष ठुलो बाबु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल सरकारअन्तर्गत राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश बखती, महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवाल, वरिष्ठ सल्लाहकार निरन्जनकुमार श्रेष्ठ,  लगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष श्रेष्ठले महासंघको तीन दशकको यात्रालाई स्मरण गर्दै संस्था स्थापनाको उद्देश्य, विगतका उपलब्धिहरू, समसामयिक चुनौतीहरू र आगामी रणनीतिहरूको विवरण प्रस्तुत गर्नुभयो।
“व्यवसायीहरूको बलियो संगठन बनाउन इकाइ समितिहरूको भूमिकालाई अझ सशक्त बनाउँदै छौं। संगठनको पुनःसंरचना संघीय संरचनासँग मेल खाने गरी अघि बढिसकेका छौं,” श्रेष्ठले भन्नुभयो।

महासंघले श्रम मन्त्रालय तथा व्यवसायिक प्रशिक्षण प्रतिष्ठानसँग सहकार्यमा ग्रील तथा स्टील व्यवसायसँग सम्बन्धित तालिम सञ्चालन गर्ने तयारी गरेको छ। तालिमको मोडेल निर्माणका लागि विज्ञहरूसँग परामर्श भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

Inside Article Ads

कार्यक्रमका प्रमुख अतिथि मन्त्री भण्डारीले युवाशक्ति विदेश पलायन रोक्न श्रम मन्त्रालयले ‘श्रम संसार’ एप्स सञ्चालनमा ल्याएको जानकारी दिनुभयो।
“यस एप्समार्फत कामदार र उद्योगबीचको खाडल हटाइनेछ। निकट भविष्यमा यसलाई ‘नागरिक एप्स’सँग समायोजन गरी सबैको पहुँचमा पुर्‍याइनेछ,” मन्त्री भण्डारीले भन्नुभयो।

कार्यक्रममा वरिष्ठ सल्लाहकार निरन्जनकुमार श्रेष्ठले सानो समूहबाट सुरु भएको अभियान आज महासंघको रूपमा स्थापित हुनु प्रेरणादायी रहेको बताए।
निवर्तमान अध्यक्ष मोहन कटुवालले ‘को के गर्दैछ भन्ने भन्दा मिलेर अघि बढ्न आवश्यक रहेको’मा जोड दिनुभयो।
त्यस्तै, काठमाडौं अध्यक्ष सुनिलकुमार अमात्य र ललितपुर अध्यक्ष भागवत सुबेदीले व्यवसायीको समस्या र समाधानमा महासंघले प्रमुख भूमिका खेलिरहेको बताए।

समारोहको समापन महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठले गर्नुभएको थियो। अध्यक्ष ठुलो बाबु श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभयो।

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.