Fast Nepal News

रानीदेवीको प्रतिबद्धता : संस्कार र प्रविधिसहितको गुणस्तरीय शिक्षा

banner single news

काठमाडौं, वैशाख २१ – लाजिम्पाटको रानीबारीमा अवस्थित श्री रानीदेवी माध्यमिक विद्यालयले शैक्षिक वर्ष २०८२ का लागि कक्षा ECD देखि कक्षा १० सम्मको भर्ना खुला गरेको छ। ‘संस्कार र प्रविधिसहितको गुणस्तरीय शिक्षा’ भन्ने नाराका साथ विद्यालयले व्यवहारिक, प्रविधियुक्त र मूल्यमा आधारित शिक्षालाई प्राथमिकता दिएको छ।

विदेशी कूटनीतिक संस्थाहरुको हब मानिने स्थानमा रहेको विद्यालयले कक्षा ६ देखि १० सम्म कम्प्युटर विषय अनिवार्य बनाउँदै शिक्षामा प्रविधिको प्रयोगलाई सशक्त बनाएको छ। साना बालबालिकालाई चित्रात्मक विधिबाट अवधारणात्मक सिकाइ गराउने, पुस्तकरहित शुक्रबार कार्यक्रम अन्तर्गत सीपमुखी तालिमहरू—जसमा ब्युटिसियन, हेयर स्टाइल, इलेक्ट्रिसियन, मोबाइल रिपेयरिङ, प्लम्बिङ, पाक शिक्षा, ड्रोन, स्काउट, योग, नृत्य लगायतको समावेश गरिएको छ।

विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र दिवा खाजाको व्यवस्था रहेको छ। अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाइ हुने यस विद्यालयमा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, कमजोर विद्यार्थीका लागि सुधारात्मक कक्षा, हरेक शनिबार अतिरिक्त परीक्षा, साथै अभिभावक, शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिन्छ।

Inside Article Ads

विद्यालय प्रशासनले शिक्षा मात्र नभइ संस्कार, अनुशासन, सरसफाइ र सामाजिक सद्भावमा पनि विशेष ध्यान दिएको जनाएको छ।

श्री रानीदेवी माध्यमिक विद्यालय
का.म.पा.-३, रानीदेवी मार्ग, रानीबारी, लाजिम्पाट, काठमाडौं
फोन नं.: ०१-४००२२७७

Visited 79 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.