Fast Nepal News

गायिका शान्ति श्री परियार र गायक ललित सिर्पालिको ‘माया तिमी हौ’ सार्वजनिक(भिडियो )

banner single news

 

काठमाडौँ। गायिका शान्ति श्री परियार र गायक ललित सिर्पालिको स्वरमा रहेको नयाँ गीत ‘माया तिमी हौ’ सार्वजनिक भएको छ। गीत गायक ललित सिर्पालिकै आधिकारिक युट्युब च्यानल Lalit Music Official बाट सार्वजनिक गरिएको हो।

गीतमा शब्द तथा संगीत ललित सिर्पालिकै रहेको छ। हेमन्त कान्छा रसाईलिले संगीत संयोजन गरेका छन् भने बाँसुरीमा रत्न बि.क., गितारमा संजीव बराईली, र मिक्सिङ कुमार रानाले स्टुडियो मारुनीमा तयार पारेका हुन्।

भिडियोमा प्रेम र पीडाको कथा
‘माया तिमी हौ’ को भिडियोले प्रेम, विवाह, र जीवनका संघर्षलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। मुनामदनजस्तै भावपूर्ण यो भिडियोमा पैसाको अभावमा गर्भवती श्रीमतीलाई एक्लै छोडेर विदेश जानुपर्ने पतिको पीडादायी कथा देखाइएको छ।

Inside Article Ads

भिडियोमा आयुष्मा कार्की, ललित सिर्पाली, भीमसेन दाहाल, दीप हमाल, दिलीप सिर्पाली, प्रमिला राई, र ध्रुव खड्काले अभिनय गरेका छन्। भिडियोको निर्देशन, छायांकन, र सम्पादन आर.बी. सेन्चुरीले गरेका हुन्।

Visited 81 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.