Fast Nepal News

कवि सरोज ओझा पोयट अफ द ईअर अवार्डबाट सम्मानित

banner single news

 

काठमाण्डौं । विश्वका सय भन्दा बढि देशका कविहरु आवद्ध फिलिपिन्स स्थित साहित्यिक संस्था जेजाविक क्वर्डस एण्ड पोयमले नेपालका कवि सरोज ओझालाई पोयट अफ द ईअर अवार्डबाट सम्मानित गरेको छ । अंग्रेजी माध्यममा कविता लेख्दै आएका कवि सरोज ओझासहित अन्य देशका कविहरुलाई समेत उक्त अवार्डबाट सम्मानित गरिएको हो ।सेप्टेम्बर ३ तारिकमा जेजाविक क्वर्डस एण्ड पोयम पोयट अफ द ईअर सार्वजनिक गर्दै ओझालाई उक्त सम्मान प्रदान गर्ने घो बिषय गरिएको थियो । नेपालसहित फिलिपिन्स, भारत, संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य, ब्राजिल, कोलम्बिया, क्युवा, जापान, नाईजेरिया, स्लाभाकिया, पोल्याण्ड, क्यानडा, ग्रिस, ईजिप्ट, ईटाली, रोमानिया, मेरियना आईल्याण्ड, बंगलादेश, पाकिस्तान, साईप्रस, केन्या, पोर्चुगल, हाईटी, यमन, अष्ट्र«ेलिया लगायतका देशका कविहरु जेजाविक क्वर्डस एण्ड पोयममा आबद्ध छन् ।

अटल साहित्यिक कर्मको सम्मानमा साहित्यिक कार्यहरूको कदर स्वरुप उक्त अवार्ड प्रदान गरिएको जेजाविक क्वर्डस एण्ड पोयमकी संस्थापक जेजाविक मारमार्कले बताएकी छिन् । ‘भावनात्मक शब्दहरू मार्फत कविहरूले समग्र साहित्यको सेवा गर्ने क्रममा जुन रुपमा आफ्नो सिर्जशिलतालाई विश्व सामु पस्कनुभएको छ यो आफैमा महानतम कार्य हो٫ उहाँहरु प्रति हामी कृतज्ञ छौँ’ उनले भनेकी छिन् l

यस्ता अवार्डले साहित्य लेखनमा अझ सकृय भई लाग्न अझ हौसला मिल्ने बताउदै कवि सरोज ओझाले विश्व साहित्यबाट प्रेरणा लिदै आफ्नो कलमलाई निरन्तरता दिईरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कवि सरोज ओझाको संक्षिप्त परिचय

Inside Article Ads

तनहुँको व्यास ५ मा जन्मिएका सरोज ओझा विगत एक दशकदेखी अघिदेखी साहित्यकर्ममा सकृय हुनुहुन्छ । नेपाली र अंग्रेजी दुवै भाषामा कविता तथा कथाहरु कोर्दै आउनुभएका ओझाका सिर्जनाहरु नेपाली साथै अन्तरराष्ट्रिय स्तरका संचार माध्यमहरुमा प्रकाशित हुँदै आएका छन् । त्यसो त उहाँलाई बंगलादेशबाट प्रकाशित अन्तरराष्ट्रिय अंग्रेजी दैनिक पत्रिका द डेली ग्लोबल नेशनका अन्तरराष्ट्रिय शान्ती दूत हुनुहुन्छ । ओझा संयुक्त राष्ट्र संघ सम्बद्ध अन्तरराष्ट्रिय मानव अधिकार संस्था युनाईटेड नेचर इन्टरनेशनल पिस (युएनआईपि) नेपाल च्याप्टरको देशिय कार्यसमितिमा प्रेस तथा प्रकाशन समिति संयोजक पनि हुनुहुन्छ । विभिन्न संस्थामा प्रेस विज्ञ तथा सल्लाहकार भई कार्य गर्दै आउनुभएका ओझासँग चलचित्र तथा अन्य प्रतियोगितात्मक शोहरुमा निर्णायकको भूमिकामा रहेर कार्य सम्पादन गरेको अनुभव छ।

विगत २ दशकदेखी अनवरत संचार कर्ममा सकृय ओझा नेपाल टेलिभिजन समाचार च्यानलमा बुधवार राती ९:१५ मा प्रसारण हुँदै आएको कार्यक्रम सचेतनाका प्रस्तोता एवम् निर्देशक हुनुहुन्छ । उहाँले बाल कार्यक्रमदेखी व्यापार, शान्ती, प्रवास देखी रियालिटी शोसम्म गरि कुल आठ विविधतायुक्त कार्यक्रम निर्माण तथा निर्देशन गर्नु भएको छ । ओझा नेपाल पत्रकार महासंघको एशोसियट संस्था एभरेष्ट प्रेस क्लबका महासचिव हुनुहुन्छ । उहाँले ललितपुर महानगरपालिका, निर्यात व्यवसायी महासंघ र विभिन्न अनलाईन एवम् पत्रिका र विभिन्न पुस्तकहरुको सम्पादक भई कार्य समेत गर्नुभएको छ ।

ओझाले साहित्यतर्फ भारतबाट रविन्द्र नाथ टैगोरको नाममा स्थापित भानुश्री पुरस्कार٫ फिल्फिन्सबाट जेजाविक लाउरेण्ट अवार्ड साथै ग्लोबल राईटर्स एकेडेमी लगायतका विश्व फोरमबाट विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । त्यस्तै निरन्तर १५ वर्ष नेपाल टेलिभिजनका लागि कार्यक्रम उत्पादनमा सकृय रहे बापत नेपाल टेलिभिजनको ३७ औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिभिजनबाट सम्मानित हुनुभएका ओझाले यस माझमा भारतको मुम्बईमा दादा साहेब फाल्के टेलिभिजन अवार्ड २०२३, लखनउमा उत्तर प्रदेश आर्टिस्ट एकेडेमीको ‘युपिपिए अवार्ड २०२३ तथा विश्व मानवाधिकार परिषदबाट ‘मानव अधिकार सम्मान २०२३’ र नयाँ दिल्लीमा ‘महात्मा गान्धी एक्सिलेन्स अवार्ड २०२३’ मा गेष्ट अफ अनर सम्मान, इजिप्टको एलेक्जेंड्रियामा एमएसएन एक्सिलेन्स अवार्ड २०१९’, थाईल्याण्डमा मुख्यालय रहेको युनाईटेड नेसन्स पिस किपर्स फेडरल काउन्सिलबाट ‘युएनपिकेएफसी हुमानेटेरियन अवार्ड २०२२ बाट सम्मानित हुनु भएको छ । त्यस्तै उहाँले ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपालबाट टान टुरिजम अवार्ड, निर्यात व्यवसायी महासंघबाट फिन अवार्ड, ललितपुर चेम्बर अफ कमर्सबाट आर्थिक पत्रकारिता सम्मान٫ इजिप्टमा एमएसएन एक्सिलेन्स अवार्ड आदी सम्मान प्राप्त गर्नुभएको छ ।

Visited 47 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.