Fast Nepal News

संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई सुरु

banner single news

संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई सुरु गरेको छ।

समितिले आइतबारबाट विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु गरेको हो। आइतबार चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओली, डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधर लगायतसँग समितिले सुनुवाई गरेको थियो। सो क्रममा प्रस्तावित राजदूतहरुले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेको थियो।

चीनका लागि प्रस्तावित नेपाली राजदूत ओलीले चीन–नेपालबीच भएका सम्झौता कार्यान्वयनमा आफूले पहलकदमी लिने बताएका छन्। नेपालका विभिन्न क्षेत्रहरुमा चिनियाँ लगानी प्रवर्द्धन गर्न पहल गर्ने, नाका खोल्ने र खोलेका नाकालाई व्यवस्थित गर्नका लागि पनि आफूले काम गर्ने उनको भनाई छ। चीन सरकारले अगाडि सारेको परियोजना बीआरआईबारे सरकारले लिने नीति कार्यान्वयन गर्ने बताए। चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउनका लागि आफूले पहल गर्ने उनको भनाई छ।

Inside Article Ads

१७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध समितिमा १० वटा उजुरी परेका छन्। यसअघि समिति शुक्रबार उजुरीकर्ताहरुसँग छलफल गरेको थियो। समितिले २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाई गर्ने र भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरि कार्यतालिका बनाएको छ। सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफारिस गरेको थियो। संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ।

Visited 78 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.