Fast Nepal News

बन्दीपुर गाउँपालिका १ रिमाल्नीमा छ वटा सवारीसाधन एकआपसमा ठोकिँदा चारजना घाइते

banner single news

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका १ रिमाल्नीमा छ वटा सवारीसाधन एकआपसमा ठोकिँदा चारजना घाइते भएका छन् ।

राजमार्गमा दमौली तर्फबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख २०३४ नं को बसको ब्रेक फेल हुँदा सोही दिशातर्फ जाँदै गरेको ग ३ ख १३९० नं को ट्रकलाई ठक्कर दिएको थियो । बस अनियन्त्रित हुँदा सोही दिशामा जाँदै गरेको ग ३ च ८३९० नं को बलेरोलाई ठक्कर दिएको थियो ।

बोलेरो गाडीको ढक्कर लागेर सोही दिशामा जाँदै गरेको ग १ ख ९५६१ नम्बरको बस र उक्त बसले ना १ च ८४३४ नम्बरको बलेरो, उक्त बलेरोले ना २ ख ३७८९ नम्बरको हाइसलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिएका छन् ।

Inside Article Ads

घाइते हुनेमा बोलेरो चालक मकवानपुर थाहा नगरपालिका–७ का २४ वर्षीय नवराज गोले, त्यसमा सवार बागलुङ काठेखोला गाउँपालिका–५ का ५९ वर्षीय देवीलाल कँडेल, सोही ठाउँका ४९ वर्षीया विमला कँडेल र सहचालक रौतहट गजुरा नगरपालिका–५ बस्ने ४६ वर्षीय निरतारिक बाबु रहेका छन् । घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Visited 44 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.