Fast Nepal News

वेव सिरिज हुदै चलचित्रमा ‘सानो संसार’ का टिम

banner single news

राजधानी मिडिया र प्रिन्सेस मुभिजको सहकार्यमा बनेको चलचित्र सानो संसारको मगमग फुलबारी बोलको गीत रिलिज भएको छ । सिद्धार्थ पुडासैनी द्वारा निर्देशित चलचित्रका निर्माताहरुमा माधब वाग्ले र अर्जुन कुमार रहेका छन् ।
चलचित्रका मुख्य कलाकारहरुमा अन्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, सितादेबी तिमिल्सिना, जीवन गौतम, सरीता गौतम, शिशिर सिवाकोटी आदी कलाकारहरुको मुख्य भुमिका रहेको छ । भाद्र १० गते सोमबार पारेर रिलिज भएको चलचित्रको गीतमा संगीत भर्ने र रचना गर्ने काम राजन राज सिवाकोटीले गरेका छन् भने गायनमा साथ दिएकी छिन् मेलिना राईले । कतिपय
दर्शकहरुलाई यो नाम पहिल्यै सुनिएको नाम जस्तो र हेरे जस्तो पनि लाग्न सक्छ बास्तबमा भन्ने हो भने यस नामको चलचित्र पहिले नै बनि सकेको पनि हो यति मात्र नभै यस चलचित्र एउटा वेव सिरिज बनाउदा बनाउदै प्रोड्युसरलाई मन परेर वेव सिरिज नै बन्द गरेर सोही बिषय बस्तुमा बनाईएको चलचित्र हो । चलचित्रमा पनि सोही सिरिजकैै कलाकारहरुको अभिनय हेर्न सकिन्छ भने निर्देशक पनि उही सिरिजका नै रहेका छन् । मध्यम बर्गिय परिवारको कथा बोकेको यस चलचित्र बजेटको हिसाबले सानै लगानी रहेको देखिन्छ भने थोरै लगानीबाट धेरै फाईदा गर्न सिकेका अर्जुन कुमार र माधब वाग्लेले यस चलचित्रबाट पनि आफ्नो लागानी सुरक्षित गर्न सक्ने सम्भावना रहेको छ । यही असोज ११ गले देखि नेपाल अधिराज्यका हलहरुमा एकै साथ प्रर्दशन हुने चलचित्रकमा स्टार कास्ट भन्दा पनि बिषय बस्तु राम्रो भएकै कारण चलचित्र राम्रो हुने कुरामा निर्माता द्धय अर्जुन कुमार र माधव वाग्लेको भनाई रहेको छ ।

Inside Article Ads
Visited 51 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.