Fast Nepal News

संसदीय विशेष समितिले रकम अपचलनका विषयमा कैदीबन्दीसँग सोधपुछ

banner single news

सहकारी बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले रकम अपचलनका विषयमा कैदीबन्दीसँग सोधपुछ गरेको छ ।

सहकारीको रकम अपचलनको आरोपमा कैदमा रहेकाहरूलाई सिंहदरबारमा बोलाएर आवश्यक सोधपुछ गरेको संसद् सचिवालयका उपसचिव नुमराज खनालले जानकारी दिएका छन् ।

सिभिल सेभिङ एन्ड क्रेडिटको अपरेटिभ ठगीका अभियुक्त इच्छाराज तामाङ, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कृष्णबहादुर उप्रेती, कान्तिपुर सेभिङ एण्ड क्रेडिटको अपरेटिभका सञ्चालक हिमालय विक्रम मल्ल ठकुरीलाई डिल्लीबजार कारागारबाट झिकाएर सोधपुछ गरिएको उनले जानकारी दिएका छन् ।

Inside Article Ads

यसैगरी सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य राजबहादुर सिंहलाई पनि सोधपुछ गरिएको र आज पनि अन्य सहकारीका अभियुक्तलाई बोलाएर सहकारी रकम अपचलनका विषयमा छानबिन गरिने उपसचिव खनालले बताएका छन् ।

 

Visited 38 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.