Fast Nepal News

चलचित्र ‘वर एण्ड वधु’को तीन नयाँ पोस्टर रिलिज

banner single news

गरिएको छ ।

सार्वजनिक ३ पोस्टरमध्ये दुई वटा पोस्टरमा मुख्य नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ ।

यस्तै, एक पोस्टरमा भने चलचित्रका अधिकांश कलाकारहरू अटाएका छन्। मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रमा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफ्ले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

प्रदीप भारद्वाजको लेखन रहेको यो चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा जानुका थापाको लगानी छ । चलचित्रमा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ ।

Inside Article Ads

यो चलचित्रको दुई वटा गीत सार्वजनिक भइसकेको छ । दुबै गीतलाई दर्शकले मन पराइरहेका छन् । रोमान्टिक कमेडी जनरामा निर्माण भएको यो चलचित्रले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ।

चलचित्र आगामी भदौको १४ गतेबाट रिलिजमा आउँदैछ ।

Visited 63 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.