Fast Nepal News

राज्यमन्त्री चौधरी भन्छन्, ‘नेपालको आर्थिक सम्बृद्धिको प्रमुख आधार पर्यटन हो’

banner single news

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले नेपालको बिकासको प्रमुख आधार पर्यटन भएको बताएका छन् ।

थारु समुदायले मनाउने कार्यक्रम गुरही पर्वको अबसरमा कैलालीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्न पुगेका राज्यमन्त्री चौधरीले नेपालका पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्नुपर्ने बताएका हुन् ।
राज्यमन्त्री चौधरीले भने, ‘नेपालको जस्तो अनौठो र विविधताले भरिएको संस्कृति विश्वका कुनै देशमा छैनन् । नेपालको जस्तो सुन्दर र रमणीय पर्यटकीय गन्तव्य अन्य कुनै देशमा छैन् । त्यसैले मलाई लाग्छ विश्वका कुनै पनि देशले नेपालको पर्यटनसँग प्रतिस्पर्धा गर्न सक्दैन् ।’

यहाँको पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने र देशको आर्थिक सम्बृद्धि हुने राज्यमन्त्री चौधरीको तर्क छ ।

Inside Article Ads

‘अब हामीले यहाँको हरेक पर्यटकीय गन्तव्यको पहिचान, त्यसको प्रबद्र्धन, संरक्षण र प्रचारप्रसार गर्नुका साथै घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि सुरक्षा देखि लिएर हरेक सेवा सुविधाको उचित व्यवस्थापन गर्नुपर्छ’, उनी भन्छन्, ‘त्यसका लागि सरकारले पर्यटन क्षेत्रमा लगानी बढाउनु पर्छ । किनकी, विश्व बजारले नेपालको जुन क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्दैन् । हामीले त्यही क्षेत्रमा फोकस गरेर बिकासका अबधारणा अघि बढाए मात्रै देश धनी हुन्छ । आर्थिक रुपमा अब्बल हुन्छ ।’

 

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.