Fast Nepal News

पुरुष बिना पनि चलचित्र बन्छ, बाबु बलामीले बनाउने भए चलचित्र ‘माईली’

banner single news

काठमाडौं । बाबु बलामीद्वरा निर्देशन गर्ने चलचित्र ‘ माइली’ को काठमाण्डौंको भद्रकाली मन्दिरमा शुभसाइत गरिएको छ । चलतचित्रमा प्रियंका कार्की र करिश्मा मानन्धरको शीर्ष भूमिका रहने छ भने यस चलचित्रको छाँयांकन मंगलबारदेखि सुरु हुँदैछ ।

यस अवसरमा प्रियंका कार्की सहित गायिका कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, आदी कलाकारहरु र प्राविधिकहरु सहभागि थिए। चलचित्रमा प्रियंका कार्की ,शर्मिला मल्ल, गायिका कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीको पनि अभिनय हुनेछ ।  चलचित्रमा हाल सम्म पुरुष पात्रलाई भने देखिाईएको छैन। नेपाली गाउँले परिबेशमा निर्माण हुने चलचित्रमा निर्माण पक्षका अनुसार चलचित्रमा द्वन्द्व पक्ष भने रहने छैन ।

Inside Article Ads
Visited 68 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.