Fast Nepal News

सुनको मूल्य आइतबार प्रतितोला रु एक हजार तीन सयले घट्यो

banner single news

सुनको मूल्य आइतबार प्रतितोला रु एक हजार तीन सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आइतबार रु एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो ।

त्यस्तै शुक्रबार प्रतितोला रु एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आइतबार रु एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ ।

Inside Article Ads

चाँदीको मूल्य भने आइतबार प्रतितोला रु २० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार आठ सय १० निर्धारण भएको छ ।

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.