Fast Nepal News

प्रचण्ड–नेपाल सडक संघर्षमा, ओली पक्ष प्रतिकारमा

banner single news

काठमाडौं – पुस १०

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन्। संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष गर्ने भएको छ भने ओली समूहले प्रचण्ड–नेपाल समूहका गतिविधिको राजनीतिक रूपमा प्रतिकार गर्ने भएको छ।

विभाजनको कानुनी र राजनीतिक प्रक्रियामा लागेका दुवै समूह आफूलाई आधिकारिक नेकपा दाबी गर्दै एकअर्काको प्रतिकारमा उत्रिने भएका हुन्।

पुष्पकमल दाहाल प्रचण्ड –माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ भने केपी ओली समूह देशव्यापी कार्यकर्ता भेलामा लागेको छ।
ओली पक्षले सातवटै प्रदेशमा इन्चार्ज तोकिसकेको छ। ओली पक्षले प्रदेशस्तरीय भेला गरी प्रतिनिधिसभा विघटन र पार्टी विभाजनको अवस्था आउनुको कारण प्रस्ट पार्दै नेता–कार्यकर्तालाई निर्वाचनमा होमिन निर्देशन दिने भएको छ।

Inside Article Ads

दाहाल–नेपाल पक्षले केन्द्रीय कमिटी बैठकबाट प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलन परिचालन कमिटीको कमान्डर तोकेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुनःस्थापनाको माग राखेर दाहाल–नेपाल समूहले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनःस्थापना माग राखेर दायर रिटमा शुक्रबार हुने सुनुवाइमा सर्वोच्च अदालत र निर्वाचन आयोगमा जाने कार्यक्रमसमेत तय गरेको छ। नागरिक दैनिकमा खबर छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.