
केकी अधिकारीको निर्माण रहेको चलचित्र ‘बोक्सीको घर’ले रञ्जना सिनेप्लेक्समा ५१ दिन मनाएको छ ।
यस अवधिमा चलचित्रले घरेलु बजारमा १० करोडभन्दा बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ ।
चलचित्रको मुख्य कलाकारसमेत रहेकी केकीले ५१ दिनको खुसीयाली अस्ट्रेलियामा मनाएकी छन् । चलचित्र प्रदर्शनको क्रममा विदेशमा रहेकी केकीले उतै नेपाली दर्शकसँग ५१ दिन मनाएकि छन् ।
चलचित्र ‘बोक्सीको घर’ अहिले अस्ट्रेलियामा प्रदर्शनरत छ ।
यो चलचित्र गत वैशाख १४ गते प्रदर्शनमा आएको थियो । चलचित्रको मुख्य भूमिकामा केकीसहित स्वेच्छा राउत र बालकलाकार सुपला भट्टराई छन् ।
