Fast Nepal News

बस र टिपर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते ,तीनको अवस्था गम्भीर

banner single news

झापाको कमल गाउँपालिकामा मंगलबार बिहान बस र टिपर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल–४ मा बा ३ ख २१६६ न।को टिपर र विपरीत दिशातर्फबाट जाँदै गरेको को १ ख ५०८७ न।को यात्रुबाहक बस एकापसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

Inside Article Ads

घाइतेमध्ये अवस्था सामान्य रहेकाको दमकस्थित दमक रिसर्च सेन्टर अस्पताल र लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई भने दमकमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल र विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले बस चालक उदयपुरको त्रियुगा नगरपालिका–३ का ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषाको गणेशमान नगरपालिका–५ का ३४ वर्षीय शेरबहादुर राईलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको बताएका छन् ।

 

 

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.