Fast Nepal News

निर्देशक सुदर्शन थापाविरुद्ध १ करोड ५० लाख रुपैयाँ ठगी अभियोगमा मुद्दा दर्ता

banner single news

चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध १ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

प्रहरी वृत्त बौद्धको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दायर गरेको छ । अभियोगपत्रमा थापासहित ओमप्रकाश अग्रवाल र मिलनकुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरुमाथि ठगीको आरोपमा पशुपति प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए। आपराधिक विश्वासघातमा कारबाहीको माग राखेर मुद्दा चलाइएको छ।

Inside Article Ads

निर्देशक थापासहित तीनजना मिलेर निर्मातालाई कुनै जानकारी नै नदिई चलचित्रको एउटा फाइल आफूसँग राखी चलचित्रको ट्रेलर बिक्री वितरण गरेर १ करोड ५० लाख बराबरको हानी पुयाएको दाबीसहित अभियोगपत्रमा सजायको माग गरिएको छ। उनीहरुबाट विगो अनुरुपको क्षतिपूर्ति असुल गरी ७ वर्षसम्मको कैद सजाय मागदाबी गरिएको छ।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.