
पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले आइतबारबाट विभिन्न ७ बुँदे माग राख्दै सुरु गरेको आन्दोलनले निजी प्राइभेट पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्री वितरण रोकेका छन् ।
त्यसलगत्तै सरकारी पेट्रोल पम्पमा भने सर्वसाधारणहरूको भीड लागेको छ ।
देशभरका प्राइभेट पेट्रोल पम्प बन्द हुँदा नेपाल प्रहरी, आर्मी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा सर्वसाधारणको भीड देखिन्छ ।
निजी क्षेत्रका पम्पले इन्धन नबेचेपछि सोमबार बिहानैदेखि सेना, प्रहरी र सशस्त्र प्रहरीका पम्पमा सर्वसाधारणको लाइन लागेको छ । निजी क्षेत्रका पम्पले आइतबारदेखि नै इन्धन बेचेका छैनन् ।
आन्दोलन गरिरहेको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघसँग वार्ताका लागि प्रयास भइरहेको नेपाल आयल निगम स्रोतले जानकारी दिएको छ ।
