Fast Nepal News

बस र हाईस एक आपसमा ठोक्किदा तीन जना यात्रु घाईते

banner single news

दाङ स्थित पूर्व पश्चिम राजमार्गमा बस र हाईस गाडी एक आपसमा ठोक्किदा तीन जना यात्रु घाईते भएका छन् ।

लमही नगरपालिका–३ बनगाउँमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बा प्र०–३००१ ख १९६७ नं।को बस र बिपरित दिशातर्फ जादै गरेको गण्डकी प्रदेश एफएए–०१०५ नं को हाईस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नीरिक्षक प्रकाश भुसालले जानकारी दिएका छन् ।
नवलपरासी रामग्राम नगरपालिका–१६ बस्ने बर्ष ४० का प्रेम बहादुर चौधरी, नवलपरासी कावासोति नगरपालिका–५ बस्ने बर्ष ३१ क मनोज थापा, स्याङ्जा पुतलीबजार नगरपालिका–५ बस्ने बर्ष ३६ का दुर्गाबहादुर थापा घाईते भएका छन् ।

Inside Article Ads

घाईतेहरुको लमही अस्पतालमा उपचार गरिएको छ । हाईस चालक जिल्ला मकवानपुर मनहरी गा पा–६ बस्ने बर्ष ३६ का दुर्गा तामाङ पाख्रिन र झापा मदगास गाउँपालिका–१० बस्ने बर्ष ५७ का दुर्गा प्रसाद पौडेल प्रहरी नियन्त्रणमा छन् ।

 

 

Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.