
१५ मंसिर ,काठमाडौं-शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने अर्को इजलासले निर्णय गर्ने भएको हो।
दुई न्यायाधीशले दिएको राय बाझिँदा बालकृष्ण खाण थुनामा बस्ने कि धरौटीमा छुट्ने भन्ने निर्णय हुन सकेन। यस्तो खण्डमा उच्च अदालतकै एकल इजलासले सुनुवाइ गर्ने प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए। अर्को हप्ता पेशी तोकिने उनले बताए।
