
२६ जेठ, काठमाडौँ – राइनास नगरपालिका वडा नम्बर ९ र १० को संयुक्त आयोजनामा आन्तरिक तथा बाह्य पर्यटकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही शनिबार साइकल ट्रेल तथा पद मार्गको समुद्घाटन हुने भएको छ।

राइनास नगरपालिकाका मेयर खडग बहादुर गुरुङले यही जेठ २७ गते शनिबार बिहान ८ बजे साइकल ट्रेल तथा पद मार्गको समुद्घाटन गर्नुहुने भएको छ।साइकल ट्रेल तथा पद मार्गको समुद्घाटन कार्यक्रममा उपस्थित हुन राइनास नगरपालिका वडा नम्बर १० ले सम्पूर्ण स्थानीयवासिन्दालाई अपिल गरेको छ।
