Fast Nepal News

‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२३’ को शिर्ष उपाधि सज्ञान र आर्यालाई

banner single news

काठमाडौँ — जेष्ठ २४, २०८०।

‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२३’ को शिर्ष उपाधि सज्ञान ओझा र आर्या गौतमले जितेका छन् । एभरेष्ट ईभेन्ट्सको आयोजनामा अवेर साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा अत्यन्तै रोमान्चक प्रतिस्पर्धासंगै सम्पन्न ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२३’ को फाइनल प्रतिस्पर्धामा आफ्ना अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै सज्ञान र आर्याले बिजेताको ताज पहिरिए ।

प्रतियोगितामा लाजिमा लिम्बु र अनुज कटुवाल फर्स्ट रनर अप, खुबी श्रेष्ठ र टासि शेर्पा सेकेन्ड रनर अप तथा खुशी कार्की र अनिश खड्का थर्ड रनर अप छनौट भए । त्यस्तै एन्जेल शेर्पा फोर्थ रनर अप चयन भएकी थिइन् ।

रोजिन शाक्यले संचालन गर्नुभएको उक्त कार्यक्रममा आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको थियो। बिधागत तर्फ कृतिका प्रधान र रुस्तम रोक्का प्रतियोगिताको ब्राण्ड एम्बेसडर तथा सिफाली महर्जन र सृजल श्रेष्ठ अर्गनाइजर च्वाइस घोषित भएका थिए । ब्युटी विथ ब्रेनको अवार्ड शुवानी श्रेष्ठ हात पारिन् ।

Inside Article Ads

रन्जु ठकुरी स्टेला प्रोफेसनलको ब्रान्ड एम्बेसेडर छनौट भइन् भने बेदान्त नरसिंह राणा र रिद्धिमा महर्जन आरुप्स डिजाइनका लागि ब्रान्ड एम्बेसडर नियुक्त भए । यसैगरी एन्जेल शेर्पा, रिद्धिमा श्रेष्ठ र सृजल श्रेष्ठले पपुलर विधाको अवार्ड जित्न सफल भए भने जेनी श्रेष्ठ र ओम थिङले भ्युअर च्वाइस विधाको अवार्ड हात पारे।

यस वर्षको एसएलसी परिक्षा दिएर बसेका परिक्षार्थीहरुबीच खाली रहेको समय मोडलिङ संगसगै उनीहरुको व्याक्तित्व बिकास, आत्मविश्वास अभिवृद्दि तथा उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने हेतुले ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल’ को आयोजना गरेको र कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाका सिईओ कृष्ण श्रेष्ठले जनाए।

 

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.