
२३ जेठ, काठमाडौँ- अंपाग व्यक्तिद्वारा अंपागको हकहितका लागी सञ्चालन गरिएको अंपाग सरोकार केन्द्रले अंपाग व्यक्तिहरुको लागि सहयोगी हातको भूमिका निर्वाह गर्दै आएको छ।
२०६६ साल चैत १२ गते बालाजुमा स्थापित भएको यस संस्थाले सहयोगीदाताहरुको आर्थिक सहयोग,खाद्य सहयोग लगायत विभिन्न सरसाम्रगी मार्फत प्राप्त भएको सहयोगले अंपाग व्यक्तिहरुको लागि आवासको व्यबस्था,खानपिनको प्रबन्ध,बिरामीको उपचारको लागि सहयोग गर्दैँ आएको छ।अंपाग सरोकार केन्द्रले अंपागता भएका व्यक्तिहरुलाई सहयोग सँगसँगै सिपमूलक तालिम प्रदान गर्दै आएको छ।सिपमूलक तालिम अन्तर्गत हाल धूप उत्पादनमा जोड दिदैँ धूप उत्पादन सम्बन्धी तालिम यस संस्थाले प्रदान गरेको छ।
संस्था स्थापना भएकोे डेढ दशक पार गरिसक्दापनि अंपाग सरोकार केन्द्रको कार्यमा स्थानीय सरकार र अंपागको हकहितका लागि स्थापित सरकारी र गैर सरकारी संस्थाले कुनै किसिमको सहयोग गरेको छैन।अंपाग सरोकार केन्द्रका अध्यक्ष तेजेन्द्र गिरीका अनुसार अंपाग व्यक्तिद्वारा अंपागको हकहितका लागी सञ्चालन गरिएको अंपाग सरोकार केन्द्रले सहयोगीदाताहरुको आर्थिक सहयोग,खाद्य सहयोग लगायत विभिन्न सरसाम्रगी मार्फत प्राप्त भएको सहयोगले मात्र संस्थाको कामकारवाही अघि बढेको बताउनुभयो।
अंपाग व्यक्तिहरुको हकहितमा विभिन्न कार्यक्रम ल्याएको बताँउदै अध्यक्ष गिरीले स्थानीय सरकार र कुनै पनि संस्थाबाट आफूलाई सहयोग प्राप्त नभएको बताउनुभयो। अंपाग सरोकार केन्द्रको संस्थापक अध्यक्ष नवराज अधिकारीले पूर्व कर्मचारी सहयोगी मञ्चले आज १ दिने भोजन व्यबस्थापन तथा खाद्य साम्रगी सहयोग कार्यक्रममा बोल्दै कोही अंपाग व्यक्ति भए अंपाग सरोकार केन्द्रमा ल्याएर सहयोग गर्नसमेत सबैलाई अपिल गर्नुभयो।
हाल ४६ जना अंपागता भएका व्यक्ति यस संस्थामा आवद्ध रहेको बताउदैँ अंपाग व्यक्तिहरुको सेवा गर्न यस संस्था सधै तत्पर रहेको उहाँको धारणा छ। विगतका दिनहरुमा जसरी आजपनि अंपाग सरोकार केन्द्रमा विभिन्न संस्थाहरुले जसरी पूर्व कर्मचारी सहयोगी मञ्चले १ दिने भोजन व्यबस्थापन तथा खाद्य साम्रगी सहयोग कार्यक्रम सञ्चालन गरेको छ।पूर्व कर्मचारी सहयोगी मञ्चले १ दिने भोजन व्यबस्थापन तथा खाद्य साम्रगी सहयोग कार्यक्रम गरी चामल,दाल,तेल लगायतका खाद्य साम्रगी अंपाग सरोकार केन्द्रलाई प्रदान गरेको छ।विभिन्न सहयोगी सहयोगबाट सञ्चालन भएको अंपाग सरोकार केन्द्र मानव र समाजसेवाको कार्यमा सक्रिय रहँदै आएको छ।
